माउन्टेनसिटीद्धारा ह्वील चियर र सेतो छडि वितरण

पोखरा १६, साउन ।
लायन्स क्बल अफ पोखरा माउन्टेन सिटिले बुधवार लेखनाथमा अपाङ्गता भएका विभिन्न व्यक्तिहरुलाई ह्वील चियर एवं सेतो छडि प्रदान गरेको छ ।

लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी १, नेपालका डिष्ट्रिक्ट गर्भनर लायन अशोक कुमार श्रेष्ठको नारा अपाङ्गता हाम्रो आत्मियतालाई चरितार्थ गर्दै क्बले ७ वटा ह्वील चियर एवं ५ वटा सेतो छडि प्रदान गरेको क्लबका सचिव लायन शक्ति वरालले जानकारी दिए ।

लेखनाथको मदौरे कुनामा रहेको र्नमदेश्वर मोक्ष आश्रममा एक कार्यक्रमको आयोजना गरि लेखनाथको बागमारा र पटनेरीका चार जना अपांगता भएका व्यक्ति र ५ जना दृष्टि विहिनलाई ह्वील चियर र सेतो छडि वितरण गरिएको सचिव वरालले जानकारी दिए ।

त्यसै जनप्रकाश मा.वि लेखनाथमा कक्षा ७ मा अध्ययनरत अपांगता भएकी छात्रालाई विद्यालयमा नै पुगि ह्वील चियर प्रदान गरिएको क्लबका संस्थापक अध्यक्ष एवं रिजन चियरपर्सन लायन डोल राज पोखरेलले जानकारी दिए । बुधवार नै लेखनाथको मोहोरिया स्थित अपांगता भएका दुई जना वृद्धाहरुको लागि घरमै पुगी दुई थान ह्वील चियर वितरण गरिएको छ ।

जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने नारालाई चरितार्थ गर्दै क्लबले उदारणीय काम गरेको भन्दै कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक्ट चिफ पिआरो लायन परमेश्वर वरालले क्लबको प्रशंसा गरे ।क्लबका अध्यक्ष लायन हर्क बहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा जोन चियर पर्सन लायन डोल बहादुर थापा, कमिटि कोचियरपर्सन एवं क्लबका निवर्तमान अध्यक्ष लायन कृष्ण प्रसाद पराजुली, कमिटि मेम्बर एवं क्लबका सल्लाहाकार लायन टुकाराम लामिछाने, कार्यक्रमका संयोजक एवं क्लबका सल्लाहाकार लायन प्रेम बहादुर थापा, नर्मदेश्वर मोक्ष आश्रमधाम व्यवस्थापन समितिका अध्यक्ष पीतृराज आचार्य, जनप्रकाश मा.विका शिक्षक लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.