माउन्टेन सिटीको विद्यार्थी आँखा परीक्षण अभियान, नविन माविमा ५ सय ५० जनाले आँखा जँचाए (फोटो फिचरसहित)

पोखरा, १२ माघ । लायन्स क्लब अफ पोखरा माउन्टेन सिटीले पोखराको गैह्रापाटनस्थित नबिन माध्यामिक विद्यालयमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न गरेको छ । शिविरमा ५ सय ५० जना विद्यार्थीले आँखा जाँच गराएको क्लबका संस्थापक अध्यक्ष तथा जाने चियरपर्सन डोलराज पोखरेलले जानकारी दिए ।

परीक्षणका क्रममा २३ जना विद्यार्थीको आँखामा समस्या देखिएको बताइएको छ । उनीहरूलाई मणिपाल शिक्षण अस्पताल पोखरामा निःशुल्क उपचारको लागि रिफर गरिएको क्लबका सचिव राजु देबकोटाले जानकारी दिए । ‘उपचारमा लाग्ने सम्पूर्ण शुल्क क्लबले ब्यहोर्छ,’ उनले भने । क्लबले विद्यार्थीको आँखा परीक्षण अभियान गत वर्षदेखि नै सञ्चालन गरेको हो । कार्यक्रम निकै प्रभावकारी बनिरहेको जोन चियरपर्सन पोखरेलले जानकारी दिए ।

क्लबका अध्यक्ष कृष्णप्रसाद पराजुलीको सभापतित्वमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि पिएमसिसी प्रेमबहादुर श्रेष्ठले विद्यार्थीको आँखा जाँच अभियान चलाएर क्लबले उदाहरणीय कार्य गरेको बताए । कार्यक्रममा नविन माविका प्राचार्य शिरोमणि लामिछाने, डा. कृष्ण आचार्य, डा. लक्ष्मण तिमल्सेना, जोन चियरपर्सन डोलराज पोखरेल लगायतले बोलेको क्लबका तृतीय उपाध्यक्ष सुदर्शन पौडेलले जानकारी दिए ।

You might also like

Comments are closed.