माउन्टेन सिटीले खुवायो दिदीबहिनीलाई दर

पोखरा, १७ भदौ ।

लायन्स क्लब अफ पोखरा माउन्टेन सिटीले हरितालिका तिजको अवसरमा शुभकामना आदान प्रदान तथा दर खुवाउने कार्यक्रम सम्पन्न भएको छ । क्लबले दिदी क्लब लायन्स क्लब अफ पोखरा फेवा सिटीका दिदीबहिनीलाई शुभकामना प्रदान गर्दै दर खुवाएको हो ।

क्लबका अध्यक्ष हर्कबहादुर अधिकारी (मिरज)को अध्यक्षता तथा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ का एडभाइजर बाबुराम अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा डिष्ट्रिक्टका क्यान्सर सचेतना कार्यक्रमका को–चियरपसर्न तथा क्लबका निवर्तमान अध्यक्ष कृष्णप्रसाद पराजुली, जोन चियरपर्सन डोलबहादुर थापा, दिदी क्लबकी अध्यक्ष दुर्गा गिरी लगायतले बोलेका थिए । कार्यक्रममा माउन्ट एभरेष्ट फिटनेश सेन्टरका दिदी बहिनीको पनि सहभागिता थियो ।

You might also like

Comments are closed.