माउन्ट अन्नपूर्णमा स्वागत कार्यक्रम सम्पन्न

पोखरा, १३ साउन ।

माउन्ट अन्नपूर्ण मा. वि. भि.सी. मार्ग नदीपुरले एक कार्यक्रमका बिच नबआगन्तुक बिद्यार्थीहरुलाई भब्यताका साथ स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।

कसमस समुहका अध्यक्ष तेज बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्यता सोही विद्यालयका सस्थापक विकल प्रसाद शेरचनले गरेका थिए । कार्यक्रममा स्वागत सयोजक कृष्ण लम्सालले गरेका थिए ।

विद्यालयका प्रिन्सिपल सईन्द्रराज श्रेष्ठ तथा एकेडेमिक एडभाइजर अशोक कुमार शाहीले बिद्यार्थीको आगमनलाई स्वागत गर्दै उज्वल भविष्य को कामना सहित विद्यालयका नीती नियममाथी प्रष्ट पारेका थिए । कार्यक्रममा होटल मेनेजमेन्ट तर्फका शिक्षक बिकाश गुरुङले होटल मेनेजमेन्ट विषयमा बिद्यार्थीको सहभागिता र भविष्य सम्बन्धि उत्प्रेरक भनाई प्रस्तुत गरेका थिए ।

कक्षा १२ का तर्फबाट मनिश पौडेलले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रमको मुख्य आकर्षण विकलप्रसाद शेरचन र कार्यक्रमका अध्यक्षको भनाईपश्चात बिद्यार्थीहरुले मनोरञ्जनात्मक प्रस्तुति अन्र्तगत नाच गान प्रस्तुत गरेका थिए । लेखा प्रमुख नबराज शर्मा पौडेल र प्रशासक प्रदिप पोखरेल को ब्यवस्थापकिय जिम्मेवारीमा सम्पन्न कार्यक्रमको सचालन कबिर बिश्वकर्मा र सुजु थापाले गरेका थिए ।

You might also like

Comments are closed.