माउन्ट अन्नपूर्ण माविमा पूर्व विद्यार्थीको भेला

पोखरा, २० पुस । पोखरा नदिपुरस्थित माउन्ट अन्नपूर्ण माविमाा अध्ययन सम्पन्न गरेका पूर्व विद्यार्थीहरुको भेला सम्पन्न भएको छ । देश विदेशमा छरिएर रहेका पूर्व विद्यार्थीका बिच पारस्परिक सम्बन्ध विस्तार गर्न भेला आयोजना गरी माउन्ट अन्नपूर्ण एलोमनाई एशोसियसन गठन गरिएको सचिव चित्र गुरुङले बताए ।

एशोसियसनले विद्यालयसंगको सहकार्यमा अब सामाजिक अभियानमा अघि बढ्ने उनले बताए । पूर्व विद्यार्थीको भेलामा हाल युके, अष्ट्रेलिया र अमेरिकामा समेत छरिएर रहेको विद्यार्थी समेत सहभागी थिए । भेलामा विद्यालयका संस्थापक विकल प्रसाद सेरचन, विद्यालयका अध्यक्ष चिजकाजी गुरुङ, एशोसियसनका सहसचिव डा. वुद्धिराज गुरुङ, उपाध्यक्ष देवेन्द्र प्रजू लगायतले संस्थाको गठन र उद्देश्यका बारेमा बोलेका थिए । भेला एशोसियसनका अध्यक्ष डा. निरज रंजितको अध्यक्षतामा भएको थियो ।

You might also like

Comments are closed.