माउन्ट कैलास रिसोर्टमा ‘न्यु इयर पार्टी’

पोखरा । पोखराको लेकसाइडमा रहेको माउन्ट कैलाश रिसोर्टले अंग्रेजी नयाँ वर्ष २०२० लाई लक्षित गरी ३ दिनसम्म ‘न्यु इयर पार्टी’ आयोजना गरेको छ । आइतबारबाट सुरु पार्टी सोमबार र मंगलबारसम्म जारी रहने सञ्चालक नरेश भट्टराईले जानकारी दिए ।

पार्टीमा डिजे जिटुसहित अन्य कलाकारहरुले मनोरञ्जन प्रदान गर्नेछन् । यस वर्ष स्थानीय कल्चर कार्यक्रमलाई पनि पार्टीमा प्राथमिकतामा राखिएको उनले बताए । बिगतका वर्षहरुका विभिन्न व्याण्डहरुलाई ल्याएर अँग्रेजी नयाँ वर्षमा कार्यक्रम गर्दै आइरहेको रिसोर्टले यस वर्ष नेपाल कल्चरलाई प्राथमिकतामा राखेको हो ।

नेपाली कल्चरलाई प्रवद्र्धन गर्ने लक्ष्यसहित कार्यक्रम गर्न लागिएको उनले बताए । विभिन्न जातजातिको संस्कृति झल्कने गरी कल्चर कार्यक्रम गरिनेछ ।

You might also like

Comments are closed.