माघको पहिलो साता मोचाबारीमा सप्ताह ज्ञान महायज्ञ हुने

पोखरा, २४ पुष ।
स्याङ्जाको बिरुवा गाउँपालिका वडा नं २ मोचाबारीमा माघको पहिलो सातामा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । २०१७ सालमा स्थापित जामुनेडाडाँ माध्यमिक बिद्यालयमा प्राबिधिक शिक्षा (वागवाणी बिज्ञान) सञ्चालनार्थ माघ ३ देखी ११ गते सम्म ज्ञान महायज्ञ आयोजना गर्न लागेको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।

करिब २ करोड संकलन गर्ने लक्ष्य रहेको सो सप्ताह ज्ञान महायज्ञमा तुलादान गर्ने र कर्ता बन्ने व्यस्था समेत रहेको आयोजकले जनाएको छ ।

उक्त ज्ञान महायज्ञमा कथा शिरोमणी पण्डित श्री दिपक प्रसाद पौडेलको संगितमय कथा प्रबचन रहने बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तथा महायज्ञ मुल आयोजक समितिका संयोजक तिल बहादुर गुरुङले बताए । जनजातिको बाहुल्यता रहेको सो क्षेत्रमा मातृभाषाको संबद्र्धनका लागि बिद्यालयमा वागवाण्ी बिज्ञानको शिक्षा सञ्चालनार्थ उक्त सप्ताह ज्ञान महायज्ञको आयोजना गर्न लागेको उनको भनाइ थियो ।

बिरुवा गाउँपालिका क्षेत्र कृषिको प्रचुर सम्भावना रहेकोले उक्त बिद्याालयमा कृषि शिक्षालाई समेत प्राथमिकतामा राखेर योजना सहित अगाडी बढेको बिद्यालयका प्राध्यानाध्यापक रामचन्द्र शर्माले बताए ।
बिशेषगरी सो क्षेत्रमा सुन्तला लगायतको खेती उल्लेख्य मात्रामा हुने बताउदै उनले आधुनिक किसिमको कृषि शिक्षाको अवधारणा सहित पनि ज्ञान महायज्ञ आयोजना गर्न लागेको बताए ।  शर्माले मातृभाषा, स्वधर्म, संस्कृति तथा रीतिरिवाजप्रति आस्था दृढ बनाउन, धार्मिक तथा ऐतिहासिक महत्व नयाँ पुस्तालाई बुझाउन महायज्ञ आयोजना गरेको बताए ।

माघ ४ गते परिक्षित र कली संवाद तथा सतीदेवी र महादेव चरित्र, माघ ५ गते धुर्व र जड भरत तथा रहुगण संवाद चरित्र, माघ ६ गते प्रल्हाद एवं वली र वामन चरित्र, माघ ७ गते राम, सीता र लक्ष्मण संवाद, माघ ८ गते कृष्ण जन्मोत्सव, कृष्ण वाललिला, कृष्ण र रुक्मिणी बिवाह, माघ ९ गते कंशवध चरित्र साथै सुदामा चरित्र झाँकी प्रस्तुत र अन्तिम दिन बांकी कथा प्रसगं र जनचेतनामुलक नाटक प्रस्तुति गरिने आयोजकले जनाएको छ ।

You might also like

Comments are closed.