माघे संक्रान्तिमा सार्वजनिक विदा

पोखरा, ३० पुस । माघ १ गते गण्डकी प्रदेशमा सार्वजनिक विदा हुँदैछ । थारु तथा मगर समुदायको विशेष चाडलाई मध्यनजर गरी गण्डकी प्रदेश सरकारको हालै बसेको बैठकले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

संघीय सरकारको विदा सूचीमा माघ १ गते समावेश थिएन । प्रदेश सरकारले आफ्नो अधिकार प्रयोग गरेर माघ १ गते विदा दिने निर्णय गरेको हो । यस अगाडि पुस १५ गते पनि ल्होसारको अवसरमा गण्डकी प्रदेशका सार्वजनिक विदा दिइएको थियो ।

You might also like

Comments are closed.