माघ ८ मा एक्स्पर्टको ग्राण्ड अष्ट्रेलियन एजुकेशसन सेमिनार हुँदै

आर्थिक आवाज
पोखरा । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आइरहेको अग्रणी संस्था एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस पोखराले ‘ग्राण्ड अष्ट्रेलियन एजुकेशसन सेमिनार’ गर्ने भएको छ । आगामी माघ ८ गते (जनवरी २२) बुधबार पोखराको न्युरोडस्थित सिटी स्वायरमा सेमिनार गर्न लागिएको एक्स्पर्ट पोखराका सञ्चालक रमेश कुमार थापाले जानकारी दिए । सेमिनार बिहान १० बजेदेखि साँझ ४ बजेसम्म हुनेछ ।

उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थी तथा अभिभाबकलाई लक्षित गरी एक्स्पर्टले सेमिनार सञ्चालन गर्न लागेको हो । सेमिनारमा अष्ट्रेलियाका प्रतिष्ठित युनिभर्सिटी तथा कलेजका प्रतिनिधिहरुको प्रत्यक्ष सहभागिता रहने थापाले जानकारी दिए ।

‘सेमिनारमा सहभागी प्रत्येक व्यक्तिलाई छुट्टाछुट्टै परामर्श प्रदान गरिनेछ,’ थापाले भने । विभिन्न कलेज तथा विश्वविद्यालयले प्रदान गर्ने छात्रवृत्तिका बारेमा पनि सेमिनारमा जानकारी प्रदान गरिने थापाले जानकारी दिए । ‘अष्ट्रेलिया जानुपूर्व विद्यार्थीले गर्नुपर्ने तयारी, त्यहाँको शिक्षाको सम्भावना, परिवर्तित शिक्षा नीति लगायत विद्यार्थीलाई आवश्यक पर्ने सम्पूर्ण जानकारी सेमिनारमा प्रदान गरिन्छ,’ उनले भने, ‘भिजा पोलिसी, अष्ट्रेलियाको पिआर लिने प्रक्रियाका बारेमा समेत सेमिनारमा कक्षा लिइनेछ ।’

अष्ट्रेलियाको सिड्नी, ब्रिस्वेन, मेल्वर्न, एडिलेड, गोल्डकोष्ट, पारामाटामा एक्स्पर्टका शाखा सञ्जालहरु छन् । बंगलादेश, हङकङ, भारत तथा नेपालको काठमाडौं, पोखरा, चितवन, बुटवल, विर्तामोड, इटहरी, धनगढी, नेपालगञ्ज र दाङबाट पनि एक्स्पर्टले सेवा प्रदान गरिरहेको छ ।

You might also like

Comments are closed.