माछापुच्छे बैंकद्धारा सत्यवतीलाई डस्टविन सहयोग

तनहुँ, ३ चैत
माछापुच्छ बैंक दमौली शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दमौली स्थित सत्यवती माविमा डस्टविन प्रदान गरेको छ ।  फोहर संकलन र व्यवस्थापन गर्नका लागि बैंक २८ हजार रुपैयाँ बराबरको ३२ थान डस्टविन प्रदान गराएको बैंकका प्रबन्धक सुरेन्द्र श्रेष्ठले जानकारी दिए । श्रेष्ठले विद्यालयका विव्यस अध्यक्ष सूर्य अधिकारीलाई हस्तान्तरण गर्दै विद्यालयलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए । साथै विद्यालयको आवश्यकता र बैंकको कार्यक्रम अनुसार आगामी दिनमा निरन्तर सहयोगको प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

सोही अवसरमा श्रेष्ठले बैंकबाट प्रदान गरिदै आएका सेवा तथा सुविधाहरुको बारे समेत जानकारी गराएका थिए । व्यवस्थापन समितिका अध्यक्ष अधिकारीले बैंकको सहयोग प्रति आभार व्यक्त गरेका थिए । सो अवसरमा अवसरमा विद्यालयका शिअ संघ अध्यक्ष रामचन्द्र सापकोटा, प्रधानाध्यापक इन्द्रप्रसाद पौडेल, सहायक प्रअ अशोक गिरी, वि.व्य.स सदस्यहरु सुरेश वाग्ले, विनु श्रेष्ठ, जगत बहादुर बानिया लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण भने सहायक प्रअ अनिल श्रेष्ठले गरेका थिए ।

You might also like

Comments are closed.