माछापुच्छ्रे बैंकका ४ नयाँ शाखा र १२ वटा शाखारहित बैकिङ सेवा सुरु

पोखरा । माछापुच्छ्रे बैंक लिमिटेडले ४ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । प्रदेश १ को सुनसरी र झापामा नयाँ शाखा कार्यालयको शुभारम्भ भएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मंगलबार सुनसरीको इनरुवा र बराहाक्षेत्र नगरपालिकास्थित चक्रघट्टीमा शाखा कार्यालय उद्घाटन भएको छ । बिहीबार झापाको भद्रपुरस्थित चन्द्रगढीमा र मेचीनगर नगरपालिकास्थित काँकरभिट्टामा शाखा कार्यालय शुभारम्भ भएको छ ।

बैंकले थप १२ वटा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । चितवन, नवलपुर, नवलपरासी, तनहुँ, सुर्खेत, बर्दिया, रौतहटमा शाखारहित बैंकिङ सेवा सुरु भएको बताइएको छ । बैंकको शाखा संख्या १ सय १० वटा पुगेको छ भने शाखारहित बैकिङ सेवा १ सय १२ पुगेको छ ।

educational
टिप्पणिहरु
Loading...
Education Fair