माछापुच्छ्रे बैंकको साधारणसभा सम्पन्न

आर्थिक आवाज
पोखरा, २० पुस । माछापुच्छ्रे बैंक लिमिटेडको २०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शुक्रबार पोखरामा सम्पन्न साधारणसभाले बैंकको आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिबेदन पारित गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैंकको सञ्चालक समितिको शेयरधनीहरुलाई हालको चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गरेको छ । साधारण सभाले आर्थिक वर्ष २०७५÷७६ को लागि जी.पी. राजवाहक एन्ड कम्पनीलाई लेखा परीक्षकको रुपमा नियुक्त गर्ने निर्णय गरेको छ ।

साधारण सभाले संस्थापक समूहका शेयरधनीहरुको तर्फबाट डा. बिरेन्द्रप्रसाद महतो, रोशन के.सी. र गोपीकृष्ण न्यौपानेलाई सञ्चालक समितिको सदस्य पदमा निर्बिरोध चयन गरेको छ । यस्तै साधारण सभापछि बसेको सञ्चालक समितिको बैठकले डा. बिरेन्द्रप्रसाद महतोलाई बैंकको सञ्चालक समितिको अध्यक्षमा चयन गरेको छ ।

You might also like

Comments are closed.