माछापुच्छ्रे सहकारीको अध्यक्षमा डा.कार्की

आर्थिक आवाज
पोखराको न्युरोडमा केन्द्रीय कार्यालय रहेको माछापुच्छ्रे सहकारी संस्था लि. को शनिबार सम्पन्न पाँचौ अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । समितिको अध्यक्षमा डा. बीरबहादुर कार्की, उपाध्यक्ष पुष्पराज पराजुली, सचिव रविरमण तिवारी, कोषध्यक्ष वर्षाकेशव पराजुली, निर्विरोध निर्वाचित भएका छन् । सदस्यहरुमा भवानी शर्मा, तोयनाथ लामिछाने, प्रकाश पौडेल, शिव प्रसाद तिमिल्सेना र कमल पौडेल चयन भएका छन् । लेखा समिति संयोजकमा हरी प्रसाद वराल सदस्यमा प्रकाश तिवारी र राजेनद्र अधिकारी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक डिल्लिराम तिवारीले जानकारी दिए ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समितिका संयोजक तिवारीले सपथ गराएका थिए । नवनिर्वाचित अध्यक्ष कार्कीले सहकारीलाई व्यवस्थित वनाएर अघि वढाउने प्रतिवद्धता जनाए । निवर्तमान अध्यक्ष कुसुम केशव पराजुली, पुर्व अध्यक्ष एवं संरक्षक हेडम्ब राज पराजुली र संस्थापक अध्यक्ष प्रा.डा. पदमराज लामिछानेले उत्कृष्ट कार्य गर्नको लागि नयाँ कार्य समितिलाई वधाई दिए ।

यसअघि साधारण सभामा अध्यक्ष कुसुम केशव पराजुलीले कार्यविवरण तथा भावि कार्यक्रम, कोषध्यक्ष पुष्पराज पराजुलीले वार्षिक प्रगति प्रतिवेदन तथा लेखा परिक्षण प्रतिवेदन लेखा समिति संयोजक हरीप्रसाद वराल र उपाध्यक्ष डा. बीर बहादुर काकीले भवन निर्माणको प्रतिवेदन पेश गरेका थिए । सभाले सवै प्रतिवेदनहरु पारित गरेको थियो ।

गण्डकी प्रदेशका उद्योग, वन तथा पर्यटन मंत्री विकाश लम्सालले साधारण सभाको उद्घाटन गर्दै समृद्धि हाँसिल गर्ने योजनाहरु ल्याउन सहकारीलाई सुझाव दिए । उनले पुर्वाधार निर्माणमा प्रदेश सरकार लागेको हुँदा सहकारीले पनि हातेमालो गर्न आग्रह गरे । पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न सातै प्रदेशका पर्यटन मंत्रीहरुको सम्मेलन पोखरामा गर्न लागिएको जानकारी दिंदै तयसको सिफारीसको आधारमा संघ सरकारलाई पर्यटनको राजधानी घोषणा गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले गण्डकी प्रदेशलाई एक नंम्वरको प्रदेश वनाउने योजना दोहो¥याए ।

कार्यक्रममा सहकारीका सदस्य रहेका जेष्ठ नागरिक, उनिहरुका उच्च शिक्षा हाँसिल गर्ने छोराछोरी र एस.ई.ई उत्तिर्णलाई सम्मान गरिएको थियो ।

You might also like

Comments are closed.