रोटरीद्वारा माछापुच्छ्रे स्वास्थ्य चौकिमा यूरोगार्ड र डिस्पेन्सर सहयोग

पोखरा, २५ मंसिर

रोटरी क्लव अफ पोखराले माछापुच्छ्रे गाउँपालिका वडा नं १ स्थित माछापुच्छ्र्रे स्वास्थ्य चोैकिलाई एक थान यूरोगार्ड र वाटर डिस्पेन्सर सहयोग गरेको छ ।

सहयोग कार्यक्रमका संयोजक नीरञ्जन श्रेष्ठले वडा अध्यक्ष वीरेन्द्र गुरुङ र स्वास्थ्य चौकि प्रमुख प्रकाश पन्थीलाई एक कार्यक्रमबिच सहयोग हस्तान्तरण गरे ।

स्वच्छ पानीका लागि क्लवले यूरोगार्ड तथा वाटर डिस्पेन्सर सहयोग गरेकोमा अध्यक्ष गुरुङले आभार व्यक्त गरे ।

स्वास्थ्य चौकि प्रमुख पन्थीले सहयोगको लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि आवस्यक सहयोगको अपेक्षा गरे । “पानी स्वच्छ भए नीरोगि बनिन्छ, अस्वच्छ पानीको कारण हुन सक्ने विभिन्न रोगबाट बच्न सकिन्छ ।” सहयोग गरिएका सामग्रिले सहयोग पुग्ने विश्वास व्यक्त गरे । जाडो महिना स्वास्थ्य जाँच गराउन जाने विरामी तथा आफन्तले स्वच्छ पानी र तातोपानी प्रयोग गर्न पाउनेमा ढुक्क भएको भन्दै खुसि व्यक्त गरिएको छ ।

क्लवका अध्यक्ष राजेन्द्र श्रेष्ठले आगामि दिनमा पनि सहयोगको निरन्तरता रहने प्रतिवद्धता व्यक्त गरे । उनले भने “यो सहयोग अन्तिम होईन, हामी पछि पनि सहकार्य गर्छौं ।”

You might also like

Comments are closed.