माझठाना पोखरा सम्पर्क समाजले ग¥यो भित्तेपात्रो विमोचन

पोखरा, २० चैत

माझठाना पोखरा सम्पर्क समाजले २०७६ सालको भित्तेपात्रो विमोचन गरेको छ ।

सम्पर्क समाजले चैत्र १६ गते बिहान माटेपानी स्थित बी.जी हस्पिटल सभाकक्षमा आयोजन गरेको औपचारिक कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि कास्की जिल्ला समन्वय समितिका संयोजक बैन बहादुर क्षेत्रीले भित्तेपात्रो विमोचन गर्दै माझठाना पोखरा सम्पर्क समाजले गर्दै आएका कामकाजको प्रशंसा गरे । संयोजक क्षेत्रीले आफु सदैव पोखरा माझठाना सम्पर्क समाजको नजिक रहेको कुरा गर्दै समाजको प्रगतिका लागि सम्पूर्ण सदस्यहरु एकजुट भै अघि बढनु पर्ने कुरामा जोड दिए ।

कार्यक्रममा पोखरा महानगर वाड नं २८ का वडाध्यक्ष निर्मल दियाली सुनार, वडा सदस्य एवं भित्तेपात्रो प्रकाशन समितिका संयोजक जयराम तिवारी , विज्ञापनदाता बिष्णु प्रसाद बास्तोला, प्रध्यापक मान बहादुर के.सी तथा समाजसेवी नन्द प्रसाद तिवारी लगायतले वोलेका थिए ।

समाजका सचिव भोलानाथ ओझाद्वारा संचालित सो कार्यक्रममा माझठाना पोखरा सम्पर्क समाजका अध्यक्ष दुर्गादत्त भुर्तेलले समाजको स्थिति ,अवस्था र आवस्यकताहरुको अवगत गराउँदै भित्तेपात्रो प्रकाशनका लागि आ–आफ्नो क्षेत्रबाट सहयोग पु¥याउनुहुने सहयोगदाता र कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद व्यक्त गरे । अध्यक्ष भुर्तेलले कार्यक्रम आयोजनको लागि सभाकक्ष उपलब्ध गराउने बी.जी. हस्पिटल र हस्पिटलका संस्थापक एवं पोखरा माझठाना सम्पर्क समाजका वरिष्ठ सल्लाहकार डाँ निर्मल लामिछाने प्रति आभार व्यक्त गरे ।

२०७२ सालमा स्थापित भएको माझठाना पोखरा सम्पर्क समाजले छोटो समयमै सामाजिक हित र परोपकारका थुप्रै कार्यक्रमहरु सम्पन्न गरेको छ । समाजले तीज, तिहार देखि मर्दा–पर्दाका हरेक घटनाहरुमा सक्रिय भुमिका निभाउँदै आएको छ र समाजले गत बर्षदेखि आफ्ना बार्षिक गतिविधिहरु झल्काउदै भित्तेपात्रो प्रकाशन गर्दै आएको छ ।

You might also like

Comments are closed.