मातृभूमिका कृषकद्वारा गाई फार्मको अवलोकन

पोखरा–२२ माघ

पोखरा, १९ माघ ।
घार्मीमा रहेका कृषकले गोर्खाको पालुङ्गटार च्याङ्गलीस्थित कामधेनु गाई फार्मको स्थलगत अवलोकन गरेका छन् । मातृभूमि कृषक समुह र बेमौसमी तरकारी उत्पादन समुहमा आवद्ध ७० जना कृषकले गाई फार्मको अवलोकन गर्दै गाई पालन र दुग्ध व्यबसायका विषयमा परामर्स लिएको भ्रमण उपसमितिका संयोजक नारायण पौडेलले जानकारी दिए ।

अवलोकन गर्न पुगेका कृषकलाई फार्मका संचालक राजेन्द्रराज पन्थले स्वागत गर्दै गाई पालन, व्यवसाय मात्र नभई शोख पनि भएको बताउँदै, उन्नत जातका गाईबाट मनग्य आम्दानी गर्न सकिने बताए । उनले एकै पटक धेरै व्यवसाय नगरी एउटैमा ध्यान दिन सुझाव दिए ।

संचालक पन्थले कृषकलाई गाईमा हुने बाँझोपना, औषधोपचार, पोषण तत्व, गोठ निर्माण र दुधको बजारीकरणका विषयमा परामर्स दिएका थिए । समुहका अध्यक्ष हुतराज शर्माले फार्मको अवलोकन पछि कृषकमा उत्साह बढेको बताए ।

२०५२ सालदेखि गाई पालन शुरु गरेका पन्थको फार्ममा हाल जर्सी र होलिस्टाइन जातका ३ सय ५० वटा गाई छन् । दैनिक १४ सय देखि २२ सय लिटर दुध बेच्ने गरेका उनले मासिक १९ लाख आम्दानी गरेका छन् ।२० जना कामदार र गाईको सम्पूर्ण खर्च कटाएर मासिक ४ लाख वचत हुने पन्थले बताए ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.