मातृभूमि सहकारीको तीनदिने भ्रमण सम्पन्न

पोखरा । तनहुँ सम्पर्क समाज पोखराद्वारा स्थापित मातृभूमि बचत तथा ऋण सहकारी संस्थाको अध्ययन अवलोकन भ्रमण सम्पन्न भएको छ । तीनदिने भ्रमणमा सहकारीका सञ्चालक, सेयर सदस्य तथा कर्मचारीहरु सहभागी भएको प्रवन्धक श्रीराम सुवेदीले जानकारी दिए ।

भ्रमणकै क्रममा सहकारीको टोलीले नवलपरासीमा रहेको विकु बचत तथा ऋण सहकारी संस्थाको अवलोकन गरेको छ । सो अवसरमा आयोजित अन्तरक्रियामा बोल्दै विकुका गैर वित्तीय विभाग प्रमुख रामकृष्ण सापकोटाले सेयर सदस्यको आयआर्जन बृद्धिमा सहकारी सहयोगी हुने बताए । कार्यक्रममा मातृभूमिका सचिव ईश्वरप्रसाद सुवेदीले भ्रमणको उद्देश्य र आफू आबद्ध सहकारीका बारेमा जानकारी गराएका थिए ।

भ्रमण टोलीले काठमाडौं, धुलिखेल, बिपी मार्ग हुँदै जनकपुक, हेटौंडा, नवलपरासी लगायतका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन गरेको छ । नयाँ ठाउँ तथा विभिन्न सहकारीहरुको बारेमा अध्ययन अवलोकन गर्न भ्रमण फलदायी बनेको तनहुँ सम्पर्क समाज पोखराका अध्यक्ष शिवराज पौडेलले बताए । ५ सय ८५ जना सेयर सदस्य आबद्ध सहकारीको सेयर पुँजी ३ करोड रुपैयाँ छ ।

You might also like

Comments are closed.