माथिल्लो तामाकोसीको सेयर आजदेखि जारी

काठमाडौं, १६ साउन । अपर तामाकोसी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित दोलखाबासीका लागि जारी गर्न लागेको २ अर्ब ६४ करोड रुपैयाँ बराबरको सेयर बुधबार (आज)देखि संकलन सुरु हुँदैछ ।

पटक पटकको अवरोध र लामो समयदेखिको प्रतीक्षापछि स्थानीयका लागि सेयर संकलन सुरु हुन लागेको खबर आजको कारोबारमा छ ।

दोस्रो चरणमा आयोजना प्रभावित (दोलखावासी)ले बुधबारदेखि तोकिएको संकलन केन्द्रहरुबाट सेयर भर्न पाउनेछन् । दोलखावासीलाई सेयर निष्कासनपछि सर्वसाधारणलाई साधारण सेयर (आईपीओ) निष्कासन हुनेछ ।

You might also like

Comments are closed.