मानवअधिकार दिवसका अवसरमा पोखरामा महाभेला हुने

पोखरा । ७० औं विश्व मानवअधिकार दिवसका अवसरमा पोखरामा गण्डकी प्रदेश स्तरिय मानवअधिकार महाभेला हुने भएको छ । शान्तिका लागी नागरिक समाज संजालको आयोजनामा इन्सेक गण्डकी प्रदेश कार्यलयमा भएको राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेश कार्यलय र मानवअधिकारको क्षेत्रमा क्रियाशिल  संद्य संस्थाहरुको भेलाले शान्तिका लागी नागरिक समाजको संजाल पोखराको संयोजकत्वमा पत्रकार महासंद्य , बार एशोसियसन , वन उपभोक्ता महासंद्य, अपांग महासंद्य, एम्नेष्टि इन्टरनेशनल अन्न्पूर्ण समूह ५४ र ८२  महिला मानवअधिकार रक्षक संजाल ,गैरसरकारी संस्था महासंद्य , मानबअधिकार एलायन्स,मानव अधिकार संरक्षण मञ्च मानवअधिकार रक्षक संरक्षण तथा प्रर्बद्धन केन्द्र , ग्रिन अर्गनाइजेशन नवलपुर  र संजाल संग आवद्ध सम्पूर्ण संद्य संस्थाहरु सदस्य रहने गरि मानवअधिकार महाभेला मूल आयोजक समिति गठन गरेको छ ।

उक्त भेलाले विभिन्न संद्यसंस्थाको सहकार्यमा १६ दिने लैगिंक हिँसा बिरुद्धको अभियानका सन्र्दभमा डिसेम्बर ६ तारिखमा महिला हिंसा र मनोसामाजिक स्वास्थ्यका बिषयमा अन्तरक्रिया आयोजना गरिने भएको छ । यस्तै डिसेम्बर ७  मा मानव बेचबिखन र बाल यौन दुव्र्यबहार बिरुद्ध बहस कार्यक्रम , डिसेम्बर  ८ मा रक्तदान कार्यक्रमसंगै महाभेलाको उद्घाटन , डिसेम्बर ९ तारिखमा विभिन्न कलेज र बिद्यालयहरुमा बालअधिकार तथा मानवअधिकारका विषयमा सचेतना मूलक कार्यक्रम , रेडियो टेलीभिजनमा संवाद कार्यक्रम गरिने छ ।

मानवअधिकार रक्षक दिवस (९ डिसेम्बर)का अबसरमा अन्तरक्रिया कार्यक्रम र डिसेम्बर १० मा बिहान ८ बजे मानवअधिकार चोकबाट सभागृहसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरि लैगिंक हिँसा बिरुद्धको १६ दिने अभियानको समापन  र मानवअधिकार दिवसका सन्दर्भमा गण्डकी प्रदेशमा मानवअधिकारको अवस्थाका बारेमा प्रस्तुति संगै प्रतिबद्धता तथा मानवअधिकार रक्षकलाई सम्मान गरिने इन्सेक गण्डकी प्रदेश संयोजक शिबप्रसाद खकुरेलले जानकारी दिए ।

महाभेला भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागी गण्डकी प्रदेश सरकार र राष्ट्रिय मानवअधिकार आयोगसंग समन्वय र सहकार्य  गरिने मूल आयोजक समितिका संयोजक बिष्णु प्रसाद बरालले बताए ।

You might also like

Comments are closed.