आर्थिक आवाज
पोखरा, १९ मंसिर । पोखराका युवा व्यवसायी हरिराज पन्तले सामाजिक काम गरी जन्मदिन मनाएका छन् । जन्मदिनको अवसरमा बिहीबार पन्तले मानवसेवा आश्रम पोखराका वृद्धहरुलाई न्यानो कपडा सहयोग गरे । उनले करिब ५० हजार रुपैयाँ बराबरको न्यानो कपडा आश्रमका वृद्धहरुलाई सहयोग गरेका हुन् ।
सामाजिक कार्य गरेर जन्मदिन मनाउने सोच अनुसार आश्रमका वृद्धहरुलाई न्यानो कपडा सहयोग गरेको पन्तले बताए । पन्त ४२ वर्ष पुरा भएका छन् । पन्तले बिगतका वर्षहरुमा पनि जन्म दिनको अवसरमा सामाजिक कार्य गर्दैै आएका थिए ।
पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य पन्त नेपाल वितरक महासंघका महासचिव हुन् । नेपाल वितरक संघ कास्कीका अध्यक्ष पन्त लायन्सका डेपुटी डिपार्टमेन्ट चिफ हुन् । व्यवसायसँगै सामाजिक क्षेत्रमा सक्रिय पन्त अन्य विभिन्न संघसंस्थामा आवद्ध छन् ।
कपडा हन्तान्तरण कार्यक्रममा बोल्दै लायन्सका क्याबिनेट सेक्रेटरी विनोद ढुंगानाले हरिराज पन्तको सामाजिक कार्य गर्ने सोच धेरैका लागि प्रेरणा बन्ने बताए । ‘वार्षिकोत्सवमा अनावश्यक खर्च गर्नु भन्दा कम अवसर प्राप्त व्यक्तिहरुलाई सहयोग गर्नु राम्रो हो,’ उनले भने ।
Comments are closed.