पोखरा । कोरोना भाइरस संक्रमणका कारण मुलुक लकडाउन भएपछि खाद्यान्न अभाव झेलिरहेको मावन सेवा आश्रम पोखरालाई लायन्स क्लब अफ पोखरा डायमण्ड भिलेजले सहयोग गरेको छ । आश्रममा आश्रित वृद्धवद्धाहरुका लागि क्लबले खाद्यान्न सहयोग गरेको अध्यक्ष दिलु तिवारीले जानकारी दिइन् ।
चामल, दाल, तेल, नुन, मसला, चाउचाउ, चिउरा, विस्कुट, तरकारी लगायतका खाद्य सामग्री क्लबले सहयोग गरेको हो । ‘मुलुक लकडाउन भएको अवस्थामा आर्थिक गतिविधिहरु ठप्प छन्,’ अध्यक्ष तिवारीले भनिन्, ‘यो समय सामाजिक संघसंस्थाहरुले न्युन आय भएका तथा खाद्यान्न अभाव भएका आश्रमहरुलाई जतिसकिन्छ त्यति सहयोग गर्नुपर्ने सबैको दायित्व हो ।’ आश्रमलाई सहयोग गर्न पाउँदा निकै खुसी लागेको उनले बताइन् ।
Comments are closed.