मानव सेवा आश्रममा एसओएस आमा समूहको सहयोग

पोखरा, ६ असार ।  समाजका असहाय, अपाङ्ग एवम् मनोरोगीको उद्धारका साथै पालन पोषण गर्दै आएको मानव सेवा आश्रमलाई एसओएस आमा समूह राम बजारले आर्थिक सहयोग गरेको छ ।

एसओएस बालग्रामका स्थापक डा. हर्मनमाईनको सयौं जन्म दिवस एवम् बालग्रामको ७० औं स्थापना दिवसको अवसरमा आश्रमका बुबाआमालाई समूहले एक छाक खाना बराबरको १७ हजार पाँच सय रुपैया आर्थिक सहयोग गरेको हो ।

पोखरा १५ रामबजारस्थित एओएस बालग्राम गण्डकीमा कार्यरत २५ जना आमा तथा आन्टीहरूले व्यक्तिगत रुपमा संकलन गरेको सो रकम एक कार्यक्रमका  बीच आमा समूहका संयोजक लक्ष्मी बास्तोलाले आश्रमका अभियन्ता सम्झना बर्र्ताैलालाई हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा संयोजक बास्तोलाले असहाय बालबालिकाको सेवामा समर्पित आमाहरूले आश्रममा सहयोग गर्न पाउँदा आँफूहरूलाई आत्मसन्तुष्टी भएको बताउँदै आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनस्थित आश्रममा डेढ महिने शिशुदेखि ९० बर्ष उमेर समूहका ९० जना आश्रित व्यक्ति रहेको आश्रमका सह संयोजक राजन सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार आश्रममा सात जना सेवकसेवीकाले नियमित सेवा गर्दै आएका छन् ।

२०७४ साल चैत महिनामा स्थापित भै सञ्चालनमा आएको संस्थाले हालसम्म खुला आकाश मुनि सडकमा मागी खाने र मनोरोगी दुई सय ५५ जनाको उद्धार गरिसकेको छ भने ती मध्ये ८० जनालाई घर परिवारमा पुर्नस्थापना गरिएको जनाइएको छ ।

You might also like

Comments are closed.