मानव सेवा आश्रमलाई खाद्यान्य सहयोग

पोखरा, २९ कात्तिक ।
लायन्स क्लव अफ लामाचौर र सत्सगंंले सयुक्त रुपमा पोखराको छोरेपाटनमा रहेको मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेका छन् ।

आश्रममा २० हजार रुपैयाँ बरावरको खाद्यान्न सहयोग गरिएको लायन्स क्लवका अध्यक्ष सञ्जय लामाले जानकारी दिए । लायन्स क्लव अफ ईन्टरनेशनल ३२५ बि वानका पिआरओ परमेश्वर बरालले क्लवले गरेको कामको प्रशंसा गरे । आगामी दिनमा पनि क्लवले सहयोगका काम गर्ने क्लवका प्रथम उपाध्यक्ष ज्ञानु लामाले बताईन् ।

कार्यक्रमको संचालन क्लवको सहसचिव सृजना कार्कीले गरेकी थिईन् ।

You might also like

Comments are closed.