आर्थिक आवाज
पोखरा, ७ पुस । पोखरामा रहेको गुरुङ ब्युटिपार्लर एण्ड एकेडेमी प्रा.लि.ले पोखरा १७ छोरेपाटमा रेहको मानव सेवा आश्रमलाई सहयोग गरेको छ । शनिबार एक कार्यक्रमबीच प्रालिले लोवेट तथा विस्तारा सेट सहयोग गरेको हो ।
तिहारमा देउसी भैलोबाट जम्मा भएको रकमबाट सहयोग गरिएको सुमित गौचनले जानकारी दिए । करिव ३५ हजार रुपैयाँ वरावरको सहयोग हस्तान्तरण गरिएको छ ।
हस्तान्तरण कार्यक्रममा वोल्दै गुरुङ ब्युटिपार्लर एण्ड एकेडेमी प्रा.लिका संचालन चिनु गुरुङले मानवीय सेवामा अग्रसर भएर लाग्नुपर्ने वताईन् । सेवा गर्नु नै मानवीय धर्म भएकाले आफू सधैं सेवाका काममा लाग्ने गुरुङको भनाई छ ।
आश्रममा हाल ५५ जना रहेको मानव सेवा आश्रमका अभियन्ता राजन सापकोटाले जानकारी दिए । मनोरोगी लगायत विभिन्न तरिकाले वेवारिसे भएका व्यक्तिलाई ल्याएर राख्ने पनि उनले बताए । कतिपयलाई परिवारमा पुनर्मिलन पनि गराएका छौं, उनले भने । आश्रम संचालनको लागि आर्थिक सहयोग आवश्यक रहेको पनि उनले जानकारी दिए । मानव सेवा आश्रमको प्रमुख संरक्षक डाक्टर गोविन्द टण्डन रहेका छन् भने कास्की संयोजक होमनाथ तिमिल्सिना छन् ।
साथै यसै कार्यक्रममा गुरुङ ब्यटीपार्लर एण्ड एकेडेमी पृथ्वीचोकका कुमारी गौचन र सुमित गौचनले आफ्नो स्वर्गिय छोराको सम्झनामा खाजा सहयोग गरेका छन् ।
Comments are closed.