मानव सेवा आश्रमलाई फेवा सिटीको साथ

पोखरा, ३१ साउन ।

मानव सेवा आश्रम छोरोपाटन पोखरालाई लायन्स क्लब अफ पोखरा फेवा सिटीले सहयोग गरेको छ । बिहीबार एक कार्यक्रमका बीच क्लबले आश्रमलाई बेड, बिस्तारा, लत्ता कपडा तथा खाद्यान्न सहयोग हस्तान्तरण गरेको हो ।

क्लबले आश्रमलाई १५ सेट बेड तथा बिस्तारा सहयोग गरेको क्लबका सहसचिव तथा कार्यक्रम संयोजक गीता लामिछानेले जानकारी दिइन् । ‘५० वटा सल तथा चल्पल पनि सहयोग गरिएको छ,’ उनले भनिन् । आश्रमलाई खाद्यान्न समेत सहयोग गरिएको क्लबका प्रथम उपाध्यक्ष राधिका शर्माले जानकारी दिइन् ।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका डिष्ट्रिक्ट गभर्नर अशोककुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै गभर्नर श्रेष्ठले फेवा सिटीले स्थापनाको छोटो समयमा राम्रो काम गर्न सफल भएको बताए । कार्यक्रममा डिष्ट्रिक्टका फस्ट भाइस गभर्नर ईन्दु लम्साल, सेकेण्ड भाइस गभर्नर मनबहादुर रोका, रिजन चियरपर्सन मोतीलाल तिमिल्सिना, जोन चियरपर्सन लक्ष्मी बराल लगायतले बोलेका थिए ।

क्लबका अध्यक्ष दुर्गा गिरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव गीता कँडेलले र स्वागत मन्तव्य प्रथम उपाध्यक्ष राधिका शर्माले राखेकी थिइन् ।

You might also like

Comments are closed.