मान्छेहरु बुझ्दै नबुझी लहीलहीमा कम्युनिष्ट भएका छन् : चालिसे

पोखरा । नेपाली काँग्रेसका युवा नेता तथा नेपाली काँग्रेसका केन्द्रीय प्रशिक्षक विभागका सदस्य देवराज चालिसेले कम्युनिष्टमा भोट हाल्ने ९० प्रतिशत कम्युनिष्टले कम्युनिष्ट के हो भन्ने बारेमा नबुझेका बताएका छन् । ‘आफ्नो बाबा, ज्वाई, मामा र ससुरा कम्युनिष्ट पार्टीमा लागेकाले नै कतिपय मान्छेहरु बुझ्दै नबुझी लहीलहीमा कम्युनिष्ट भएका छन्,’ उनले भने ।

सोमबार नेपाली काँग्रेस पोखरा महानगर पालिका वडा इकाइ ६ बैदामले आयोजना गरेको वडा स्तरीय प्रशिक्षण तथा राष्ट्रिय जागरण अभियान कार्यक्रमको उद्घाटन कार्यक्रममा वोल्दै नेता चालिसेले कम्युनिष्ट सरकारले वृद्धा भत्ता बढायो भनेर खुशी हुने अवस्था नरहेको बताए । नेपाली काँग्रेसको समाजवादको के हो, भन्ने बारेमा पाँच मिनेट पनि बहस गर्ने नसक्ने नेताहरु अहिले केन्द्रीय स्तरका नेता भएको आक्रोस पोख्दै काँग्रेस कार्यकर्ताहरुले यस्ता नेताबाट के आश गर्ने समेत बताए ।

क्षत्रीय सभापति पोषनाथ पौडेलले काँग्रेस कार्यक्रर्तातको मनोभावना अनुसार अघि बढने बताउँदै जनता र संगठनलाई जोडन राष्ट्रिय जागरण अभियानको थालनी गरिएको बताए । नेपाली काँग्रेस नगर सचिव तथा जिल्ला प्रतिनिधि रामजी कोइरालाले कम्युनिष्टहरु एक आपसमा झगडा गर्ने सुरु गरिसकेकाले यिनीहरु आफ्नै कारणले खाल्डोमा पर्ने हुनाले यो देशमा काँग्रेस बाहेक अरुको विकल्प नरहेको बताए ।

पोखरा महानगर पालिका वडा नं ६का वडा अध्यक्ष जगत बहादुर पहारीले वडाबाट दिइने सेवाहरु सहजका साथ छिटो छरितो र विना झनझन्टिलो हिसाबले सेवा दिएको बताउदै कुनैपनि योजनालाई प्राथमिकताका आधारमा अघि बढाएको बताए ।
नेपालीका काँग्रेसका पूर्व बैकल्पिक केन्द्रीय सदस्य तथा मेयरका प्रत्यासी रामजी कुवँरले नेपाली काँग्रेसले आफ्ना कार्यक्रर्ता सम्माल्न नसक्दा हार ब्यहोनु परेको बताउँदै अवका दिनहरुमा काँग्रेसले कार्यकर्तालाई एक जुट बनाएर अगाडि बढ्नु पर्ने कुरामा जोड दिए । नेपाली काँग्रेसका प्रजातन्त्रका सेनानी पोखरा ६ बैदाम निवासी होमनाथ पहारीले नेपाली काँग्रेसलाई गरेको सहयोगको उच्च मुल्याङन गर्दै सम्मान पत्र र दोसलाले सम्मान गरिएको थियो ।

पोखरा महानगर पालिका वडा न ६का इकाई सभापति बलराम गिरीको सभाअध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थी नेता सन्तोष पौडेल, सचिव शिशीर पहारी र महिला संघ बैदामकी पूर्व अध्यक्ष मन्दरा ढकाल लगायका वक्ताहरुले बोलेका थिए ।

You might also like

Comments are closed.