आर्थिक आवाज
पोखरा । मान्द्रे ढुंगा बहुउद्देश्यीय सहकारी संस्था लि.को अध्यक्षमा भरत केसी सर्वसम्मत निर्वाचित भएका छन् । संस्थाको शुक्रबार सम्पन्न प्रारम्भिक साधारण सभाले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।
सहकारीको उपाध्यक्षमा रेनु थापा जिसी, सचिवमा बामदेव मिश्र, कोषाध्यक्षमा नरेन्द्रबाबु घिमिरे चयन भएका छन् । सदस्यहरुमा कृष्णबहादुर बराल, रविन बहादुर खत्री क्षेत्री, राजकुमार गिरी, हिरामणि न्यौपाने, ललिता गुरुङ र दिलसिंह गुरुङ छन् । लेखा समिति संयोजकमा यामलाल शर्मा र सदस्यमा मिरा गुरुङ श्रेष्ठ, छविला सुवेदी चयन भए ।
पोखरा महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
Comments are closed.