मापसे जाँचमा ट्राफिक प्रहरीको सक्रियता, ३ लाख जनालाई मापसे कारबाही !

काठमाडौं, १२ असोज । माधक पदार्थ सेवन गर्नेहरुलाई कारवाही गर्न ट्राफिक प्रहरी सक्रिय बनेको छ । अहिलेसम्म मापसे कारबाहीमा ३ लाख चालक परिसकेका छन् । मापसे कारबाहीमा परेका चालकबाट ३० करोड रुपैयाँ भन्दा बढी जरिवाना संकलन गरिएको छ ।

२०६८ मंसिर १७ गतेबाट सुरू भएको मापसे कारबाहीमा हालसम्म २ लाख ७६ हजार १३३ जना चालक परेका छन् । २०७४ मा ५८ र चालु आ.व.को २ महिनामा ७ जना चालकको सबारी चालक अनुमतिपत्र रद्द र निलम्वन गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक अनुशासन पालना र दुर्घटना न्यूनीकरणका लागि मापसे कारबाही प्रभावकारी भएको बताएको छ । यसले गर्दा दुर्घटनामा पनि कमी आएको छ ।

You might also like

Comments are closed.