मारुती वागन आरको नयाँ भर्सन आउने

काठमाडौं, २५ बैशाख

मारुती सुजुकीले ठूलो परिवारको लागि हालको वागन आर कार नयाँ भर्सनमा ल्याउने भएको छ । मारुतीले चाँडै ७ सिटर कार लन्च गर्ने भएको छ ।

मारुतीले केही वर्ष अगाडि इन्डोनेशियन अटो शोमा ७ सिटर कारको अवधारणा प्रस्तुत गरेको थियो । तर सो भर्सन बजारमा आएन । किनकी पुरानो वागन आरमा सिटको कमी थियो ।

केही दिन पहिले नयाँ मारुती वागन आर लन्चिङको समयमा वागन आरको ७ सिटर भर्सन पनि लन्च हुने अनुमान गरिएको थियो ।

नयाँ वागन आरको लम्बाई र चौडाई ठूलो रहेको छ र यसको ट्यागलाइन दी बिग न्यु वागन आर रहेको छ । नयाँ वागन आर ठूलो ह्विलबेसमा आधारित छ । जसमा दुई अतिरिक्त सिट पनि लगाउन सकिन्छ ।

कम्पनीले ७ सिटर वागन आर कार यही वर्षको जुन महिनामा लन्च गर्ने सम्भावना रहेको छ । कम्पनीले ७ सिटर वागन आर कारको नाम परिवर्तन गर्न सक्ने सम्भावना पनि रहेको छ । सो कारको प्रिमियम इन्टेरियर हुनेछ र केही नयाँ फिचर पनि समावेश गरिनेछ ।

हाल बिक्री भइरहेको वागन आर कारको लम्बाई ३६५५ एमएम रहेको छ । नयाँ आउने वागन आर कारको लम्बाई ३९९५ एमएम हुने अनुमान छ ।

वागन आरमा १ लिटर र १।२ लिटरको बीएस–६ पेट्रोल इन्जिन रहेको छ । नयाँ वागन आर कार १।२ लिटर इन्जिनको साथमा लन्च हुनेछ । सो इन्जिनले ८३ पीएसको पावर र ११४ एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिन ५ स्पिड म्यानुअल र एएमटीको साथमा उपलब्ध रहेको छ ।

वागन आरमा ड्युअल एयरब्याग, रिभर्स पार्क असिस्ट, सबै भेरिएन्टमा एबीएस, टचस्क्रिन सिस्टम, टप भेरिएन्टमा एलोय ह्विल, एलईडी प्रोजेक्टर हेडलाइट, एलईडी डीआरएल उपलब्ध रहेको छ । मारुतीको वागन आर ७ सिटरको मुल्य ५ लाख ५ हजार देखि ६ लाख भारु सम्म पर्ने सम्भावना रहेको छ ।

You might also like

Comments are closed.