मारुती एक्सएल ५ इलेक्ट्रिक भर्सनमा आउदै, यस्ता छन् बिशेषता

काठमाडौं ।

मारुती सुजुकीले चाँडै नै भारतीय बजारमा इलेक्ट्रिक कार ल्याउने तयारी गर्दैछ । हालै कम्पनीको पहिलो इलेक्ट्रिक कार एक्सएल५ इलेक्ट्रिक परीक्षणको समयमा देखा परेको थियो । मारुतीको सो कार वागनआर ह्याचब्याकबाट प्रेरित रहेको छ । जसमा धेरै परिवर्तनहरु देख्न सकिन्छ ।

मारुतीको सो इलेक्ट्रिक कार भारतको गुरुग्राम प्लान्टमा देखा परेको थियो । यद्यपि सो कार इलेक्ट्रिक कार जस्तो नदेखिए तापनि वागनआर नै रहेको दावी गरिएको छ ।

रिपोर्टका अनुसार मारुती एक्सएल५ इलेक्ट्रिक कारमा एक्जस्ट पाइप जडान गरिएको थिएन, कारको तल प्लेटफर्म समावेश गरेको छ जसमा ब्याट्री राख्न सकियोस् । यसमा १४ इन्चको अलोय ह्वील, इन्टिग्रेटेड इन्डिकेटरको साथमा ओआरभीएम तथा अधिकांश एक्सटेरियर स्ट्यान्डर्ड मोडल जस्तो देखिन्छ ।

सो कारमा एलईडी टेल लाइट पनि समावेश गरेको छ । सो कार वागनआर ह्याचब्याकको प्रिमियम भर्सन जस्तो पनि देख्न सकिन्छ जसलाई एक्सएल५ को नामले मारुती नेक्सा ब्राण्डको माध्यमले बिक्री गरिनेछ ।

रिपोटका अनुसार मारुती वागनआर इलेक्ट्रिक पहिला टुर मोडलमा लन्च गर्ने सम्भावना रहेको छ । कम्पनी सो कारलाई अर्को वर्ष आयात गर्नेछ । मूल्यको हिसाबले सो कार भारतको सबैभन्दा सस्तो इलेक्ट्रिक कार मध्ये एक हुनेछ ।

हाल भारतीय बजारमा ३ इलेक्ट्रिक एसयूभी बिक्रीभइरहेको छ । जसमा एमजी जेडएस ईभी, टाटा नेक्सन ईभी र हुन्डाई कोना ईभी समावेश रहेको छ । आउने दिनमा महिन्द्राले पनि इलेक्ट्रिक एसयूभी ल्याउने तयारीमा रहेको छ ।

You might also like

Comments are closed.