मासु व्यवसायी संघ कास्कीमा तिवारी

पोखरा, १८ फागुन

मासु व्यवसायी संघ कास्कीको प्रथम अधिवेशनले गोविन्द तिवारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । संघको उपाध्यक्षमा ज्ञानहरी आचार्य, सचिवमा राजेन्द्र शर्मा (तिमल्सिना), सह–सचिवमा पवन नेपाल, कोषाध्यक्षमा लोकराज शर्मा रहेका छन् । यस्तै सदस्यहरुमा चिन वहादुर गुरुङ, सामुद शाह, नरेश थापा, बद्रिनाथ भुर्तेल, गोविन्द श्रेष्ठ र गंगामाया गिरी रहेका छन् । अशोक श्रेष्ठ संयोजक, प्रेम प्रसाद पौडेल र लिला वल्लौ न्यौपाने सदस्य रहेको निर्वाचन मण्डलले उनिहरुलाई सर्वसम्मत चयन भएको घोषणा गरेको थियो ।

प्रमुख अतिथि पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला पोखराका प्रमुख केदारराज पाण्डेले पछिल्ला वर्षहरुमा पोखराको मासु व्यवसाय व्यवस्थित र स्वस्थकर वनेको वताउँदै यसमा हे फर इन्टरनेशनल संस्थाको ठूलो भूमिका रहेको वताए । पोखरामा व्यवस्थित वधशाला वन्ने निश्चित रहेको र त्यसमा महानगर र प्रदेश सरकारको आर्थिक सहयोग र हेफर इन्टरनेशनलको प्राविधिक सहयोग रहने हेफर इन्टरनेशनल परियोजना प्रमुख श्याम पौडेलले वताए ।

अधिवेशनको उद्घाटन सत्रमा पशु सेवा विज्ञ केन्द्र तथा भेटनरी अस्पताल पोखराका प्रमुख ठगेन्द्र अर्याल, भेटेरिनरी एसोसिएसन नेपालका केन्द्रिय महासचिव गृष्म प्रसाद न्यौपाने, एसोसिएसन सचिव डा. अशेष भट्टराई, उपभोक्ता मञ्च कास्कीका सचिव राजुराज अधिकारी, पोल्ट्री व्यवसायी संघ कास्कीका अध्यक्ष गुरु प्रसाद पौडेल, कुखुरा तथा खसी मासु व्यवसायी समितिका पूर्व अध्यक्ष प्रेम प्रसाद पौडेल, कुखुरा पालक किसान संघका अध्यक्ष यज्ञ प्रसाद गुरुङ, पत्रकार यदुनाथ वञ्जारा, मासु व्यवसायी संघका सल्लाहकार अशोक श्रेष्ठले शुभकामना व्यक्त गरेका थिए । तदर्थ समितिका अध्यक्ष भोलानाथ ओझाको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत गोविन्द तिवारीले र संचालन सचिव ज्ञानहरि आचार्यले गरेका थिए । यस्तै संघको वन्द सत्रमा कोषाध्यक्ष सूर्यकुमार श्रेष्ठको आर्थिक प्रतिवेदन र अध्यक्ष भोलानाथ ओझाको वार्षिक कार्यक्रम सर्वसम्मतले पारित गरिएको थियो ।

संघले यसै वर्ष देखि उपभोक्ता जागरण र व्यवसायिकता प्रवद्र्दनमा कलम चलाउने पत्रकारलाई नगद पुरस्कार सहित सम्मान गर्ने निति अनुसार यस वर्ष सराङकोट साप्ताहिकका सम्पादक यदुनाथ वञ्जारालाई नगद पुरस्कार सहित दोसल्ला र प्रमाणपत्र सहित सम्मान प्रदान गरिएको अध्यक्ष गोविन्द तिवारीले वताए ।

You might also like

Comments are closed.