आर्थिक आवाज
पोखरा, २० चैत । मिटरमा चल्न नमान्ने ट्यास्कीलाई प्रहरीले कारबाही गरेको छ । मंगलबार दिउसो पोेखराका विभिन्न ठाउँमा प्रहरीले चेकजाँच गर्ने क्रममा ३१ वटा ट्याक्सी कारबाहीमा परेका हुन् ।
प्रहरीले मंगलबार दिउसो १ देखि ५ बजेसम्म पोखरा नगर क्षेत्रका विभिन्न स्थानमा ट््याक्सीलाई चेकजाँच गरेको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले मिटरमा चल्न नमान्ने भाडाका ट्याक्सीहरुलाई नियन्त्रणमा लिएको छ । कागजपत्र नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको र ट्याक्सी र चालकलाई छाडिएको बताइएको छ ।
कारबाहीमा परेका ट्याक्सीहरुः
ग १ ज १७३९, ग १ ज ४९७४, ग १ ज ३३९४, ग १ ज ४०९०, ग १ ज २१४४, ग १ ज २३२१, ग १ ज १७५०, ग १ ज ३५०५, ग १ ज ३४५९, ग १ ज ४४०९, ग १ ज २००२, ग १ ज २१३६, ग १ ज ४६१७, ग १ ज २५९७, ग १ ज २१०२, ग १ ज ३९३८, ग १ ज १९४४, ग १ ज ५४२४, ग १ ज २०५७, ग १ ज ३९५५, ग १ ज ३००२, ग १ ज २५११, ग १ज ४०६९, ग १ ज २४६८, ग १ ज १६१४, ग१ ज ४१३२, ग १ ज २२५८, ग १ ज ३८४३, ध १ ज ८६१, ध १ ज ६१८, ध १ ज ८००
Comments are closed.