मिड टाउनको अध्यक्षमा देवी

पोखरा, १७ चैत । लायन्स क्लब अफ पोखरा मिड टाउनको अध्यक्षमा देवी तिमिल्सिना सर्वसम्मत निर्वाचित भएकी छन् । शुक्रबार पोखरामा सम्पन्न अधिवेशनले लायन वर्ष २०१८÷१९ का लागि नयाँ नेतृत्व चयन भएको हो ।

समितिको प्रथम उपाध्यक्षमा रुक्मागत भण्डारी ‘विश्वास’, द्वितीय उपाध्यक्षमा सुरेन्द्र पौडेल, तृतीय उपाध्यक्षमा रविराज भुत्र्याल, सचिवमा दधिराम दाहाल, कोषाध्यक्षमा बुद्धिप्रसाद भण्डारी, सहसचिवमा रामजी नेपाली र सहकोषाध्यक्षमा पोषबहादुर भुजेल चयन भएका छन् ।

एलसिआइएफ कोर्डिनेटरमा सुनादेवी श्रेष्ठ मल्ल, रिपोर्टिङ अफिसरमा विकास भुर्तेल, पिआरओमा महेश्वर दवाडी, मेम्बरसिप चियरपर्सनमा श्रीकान्त चापागाईं, टेमरमा लोकनाथ भण्डारी, टेइलटुस्टरमा लेखबहादुर केसी चयन भए । डाइरेक्टरहरुमा यमबहादुर जिसी, रत्नबहादुर भुजेल, त्रिलोचन गौतम, सूर्य तिमिल्सिना, हरि थापा, खेम खनाल र मनोज केसी चयन भएको कार्यक्रम संयोजक तथा वर्तमान अध्यक्ष ठाकुरप्रसाद अधिकारीले जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्बल इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका क्याबिनेट सेक्रेटरी चण्डीप्रसाद अर्यालले मिड टाउनले स्थापनाको छोटो समयमा सामाजिक काममा राम्रो योगदान पु¥याउन सफल भएको बताए । विशेष अतिथि कोचिफ एडभाइजर विशेश्वर आचार्यले आगामी दिनमा थप रचनात्मक काम गर्दै अगाडि बढ्न क्लबलाई आग्रह गरे । जोन चियरपर्सन तथा संस्थापक अध्यक्ष कृष्णराज पोखरेलले सबैको सहकार्यबाट क्लबलाई अगाडि बढाउनुपर्ने धारणा राखे ।

You might also like

Comments are closed.