पोखरा, २२ मंसिर ।
अन्नपुर्ण गाँउपालिका वडा नं ३ ढिकुरपोखरीमा रहेको श्री लक्ष्मी आधारभुत विद्यालयका ४२ जना विद्यार्थीलाई सहयोग गरेको कार्यक्रम संयोजक लोकनाथ भण्डारीले जानकारी दिए ।
क्लवका अध्यक्ष देवी तिमिल्सिनाको अध्यक्षता तथा कास्की जिल्लाका पुर्व सभापति पुण्यप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै पौडेलले क्लवले गरेको कामको प्रशंसा गर्दै यसले विद्यार्थीलाई अध्ययनमा सहज हुने बताए । कार्यक्रममा क्लवका चार्टर प्रेसिडेन्ट कृष्णराज पोखरेल, पुर्व अध्यक्ष विष्णुप्रसाद बास्तोला, निर्वतमा अध्यक्ष ठाकुर प्रसाद अधिकारी, विद्यालयका प्रधानाध्यापक टंकप्रसाद भण्डारी, शिक्षक अभिभावक संघका अध्यक्ष जयलाल पौडेल लगायतले बोलेका थिए । विद्यालयका प्र.अ भण्डारीले क्लवलाई धन्यवाद दिदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरे क्लवका निवर्तमान अध्यक्ष ठाकुरप्रसाद अधिकारीले यस कार्यक्रमलाई २५ हजार रुपैया र कार्यक्रम संयोजक लोकनाथ भण्डारीले पनि आर्थिक सहयोग गरेका छन् ।
Comments are closed.