मिड टाउनले गर्यो कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर तालिमको शुरुवात

पोखरा ।

लायन्स क्लब अफ पोखरा मिड टाउनले सनराइज कम्प्युटर एन्ड ल्याङ्ग्वेज इन्स्टिच्युट बिरौटाको सौजन्यमा कम्प्युटर हस्तान्तरण गरेको छ भने नि:शुल्क ३ महिने कम्प्युटर तालिम पनि शुरु गरेको छ ।

क्लबले जनजागरण आमा समुहलाई एक सेट कम्प्युटर सहित तिन महिने आधारभुत कम्प्युटर तालिम दिन शुरु गरेको क्लबका अध्यक्ष बिश्वास भण्डारीले जानकारी दिए । गृहिणीहरुलाई कम्प्युटर सम्वन्धी सिप सिकाउने उदेश्यले क्लबले तालिम संचालन गरेको भण्डारीले बताए ।

सोही अवसरमा डिजी टिमलाई स्वागत कार्यक्रम पनिक्लवले गरेको छ। कार्यक्रममा वोल्दै लायन्स क्लब इन्टरनेशनल डिष्टिक्ट ३२५ बि वान का गर्भनर मनबहादुर रोकाले मिडटाउन परिवार लाई बधाई दिदै राम्रो काम गरेकोमा खुसी व्यक्त गरे ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.