मित्र मीलन कृषि सहकारीमा पौडेल, पत्रकार रञ्जनलाई सम्मान

आर्थिक आवाज
पोखरा ९ नयाँबजारस्थित मित्रमीलन कृषि सहकारी संस्था लि. को अध्यक्षमा रमण पौडेल चयन भएका छन् । सहकारीको छैटौं वार्षिकोत्सव तथा दोस्रो अधिवेशनले पौडेललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

अधिवेशनले संस्थाको उपाध्यक्षमा विजय लम्साल, सचिवमा कुशल पौडेल तथा कोषाध्यक्षमा भीमलाल पौडेललाई चयन गरेको छ । सदस्यमा गोपाल खनाल, संगीता रेग्मी सुवेदी र रनिता थापा चुनिएका छन् ।

लेखा समिति संयोजकमा सूर्यबहादुर अधिकारी तथा सदस्यद्वय जनक पौडेल र प्रतीक लामिछाने चयन भए । अधिवेशनले लेखा समिति संयोजक विजय लम्सालले प्रस्तुत गरेको प्रतिवेदन, प्रबन्धक किरण अधिकारी र सञ्चालक समितिका तर्फबाट कार्यवाहक अध्यक्ष रमण पौडेलले पेश गरेको प्रतिवेदन पारित गरिएको संस्थाका सचिव पौडेलले जानकारी दिए ।

यसअघि, साधारणसभाको उद्घाटन समारोहमा प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंक पोखराका प्रबन्धक सन्तोष घिमिरेले बैंकले छोटो समयमा गरेको प्रगतिप्रति सन्तुष्टि जनाउँदै सहकारीको मूल मर्म र सिद्धान्त पछ्याउँदै अघि बढ्न सुझाव दिए ।

सो अवसरमा युवा पत्रकार रञ्जन अधिकारीलाई २५ हजार राशीको ‘मित्र मीलन युवा पत्रकारिता सम्मान २०७६’ बाट सम्मान समेत गरिएको थियो । पोखराको बिग एफएमका स्टेशन म्यानेजर अधिकारी ११ वर्षदेखि निरन्तर पत्रकारितामा क्रियाशील छन् ।
सहकारीले उत्कृष्ट बचतकर्ता पार्वती पराजुली, उत्कृष्ट ऋणी कर्णबहादुर रानाभाट, सक्रिय शेयर सदस्य सूर्य बहादुर क्षेत्री थापा, नियमित मासिक शेयर बचत राजेश गुरुङ, ज्येष्ठ शेयर सदस्य सोमनाथ शर्मा, उत्कृष्ट कर्मचारी सुजना श्रेष्ठका साथै कक्षा १२ र एसईईमा उत्कृष्ट हुने शेयर सदस्य शिशिर रञ्जितका छोरा प्रमोज रञ्जित र कृतिका रञ्जितलाई पनि सम्मान ग¥यो ।

You might also like

Comments are closed.