मिराकलमा ‘फ्रि सेमिनार’, अमेरिकाको योङ्सटाउन स्टेट युनिभर्सिटी सहभागी हुँदै

पोखरा, ६ साउन ।

मिराकल इन्स्टिच्युट प्रालि चिप्लेढुङगा पोखराले साउन ११ गते शुक्रबार ‘फ्रि इन्फरमेसन सेमिनार’ आयोजना गरेको छ । सेमिनारमा अमेरिकाको योङ्सटाउन स्टेट युनिभर्सिटीका बारेमा विद्यार्थी तथा अभिभावकलाई सम्पूर्ण जानकारी प्रदान गरिनेछ । युनिभर्सिटीका साउथ एसियाका प्रतिनिधि बिन्ती बस्नेत सेमिनारमा सहभागी हुनेछिन् ।

पब्लिक युनिभर्सिटी भएकाले शतिप्रतिशत छात्रबृति समेत पाउन सकिने मिराकलका प्रवन्ध निर्देशक कुलराज बरालले जानकारी दिए । ‘अमेरिकाको योङ्सटाउन स्टेट युनिभर्सिटीमा भिसा लागेका विद्यार्थीहरुसँग पनि अनुभव आदानप्रदान गर्न सकिनेछ,’ उनले भने, ‘उच्च शिक्षा अध्ययनका लागि अमेरिका जान चाहने विद्यार्थीका लागि सेमिनार निकै उपलब्धीपूर्ण हुनेछ ।’

पोखरामा बिगत ९ वर्षदेखि सञ्चालित मिराकलले अमेरिकासँगै अष्ट्रेलिया, जापान, क्यानडा लगायतका देशमा उच्च शिक्षा अध्ययनका लागि जान इच्छुक विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।

You might also like
1 Comment
  1. Prakrit baral acharya says

    Congratulation miracle unit all the best

Comments are closed.