मिराकलमा युके सेमिनार हुँदै

पोखरा । मिराकल इन्स्टिच्युट प्रालि चिप्लेढुङगा पोखराले माग २२ गते बुधबार युके अध्ययन सम्बन्धी सेमिनार गर्ने भएको छ । उच्च शिक्षा अध्ययनका लागि युके जान चाहने विद्यार्थीलाई लक्षित गरी मिराकलले सेमिनार आयोजना गरेको हो ।

सेमिनारमा युकेस्थित लण्डन साउथ बैंक युनिभर्सिटीका प्रतिनिधिको उपस्थिति रहनेछ । युनिभर्सिटीका रिजनल रिक्र्युमेन्ट अफिसर करन इसारसमेत सेमिनारमा सहभागी हुने मिराकालका प्रवन्ध निर्देशक कुलराज बरालले जानकारी दिए ।

सेमिनारमा युकेको उक्त युनिभर्सिटीका बारेमा विद्यार्थी तथा अभिभावकलाई सम्पूर्ण जानकारी प्रदान गरिनेछ । उच्च शिक्षा अध्ययनका लागि युके जान चाहने विद्यार्थीको आकर्षण बढिरहेको छ । युकेको प्रतिष्ठित युनिभर्सिटीलाई लक्षित गरी सेमिनार आयोजना गरिएकाले यसको लाभ लिन मिराकलका बरालले आग्रह गरे ।

‘उच्च शिक्षा अध्ययनका लागि युके जान चाहने विद्यार्थीका लागि सेमिनार निकै उपलब्धीपूर्ण हुनेछ,’ उनले भने । बिगत १० वर्षदेखि सञ्चालित मिराकलले युकेसँगै अमरिका, अष्ट्रेलिया, जापान, क्यानडा लगायतका देशमा उच्च शिक्षा अध्ययनका लागि जान इच्छुक विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.