मिर्गौला पीडित कल्पनालाई सहयोग

आर्थिक आवाज
पोखरा, ३ जेठ । दुबै मिर्गौला फेल भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी हस्पिटल)मा उपचाररत म्याग्दी मालिका गाउँपालिका जुबानकी १२ वर्षिया बालिका कल्पना पुनलाई स्वदेश तथा विदेशबाट आर्थिक सहयोग प्राप्त भएको छ । म्याग्दी घर भई पोखरा ३३ भरतपोखरीमा बस्दै आएका बिरबहादुर पुनकी छोरी कल्पनाको उपचारको लागि स्वदेश तथा विदेशबाट गरि ५ लाख ४४ हजार ९ सय १५ रुपैयाँ प्राप्त भएको हो ।

पोखरा भरतपोखरीस्थित सरस्वती टीका उच्च माविमा कक्षा ६ मा अध्ययनरत मिर्गौला पीडित बालिका कल्पनाको उपचारका लागि अष्ट्रेलियाबाट ४ लाख ७ हजार ९ सय १५ रुपैयाँ आएको छ । म्याग्दी मालिका गाउँपालिका जुबानका सञ्जय पुन, नरबहादुर पुन र एलिसा पुनको पहलमा भाइबर ग्रुप बनाएर ८९ जनाबाट संकलित सो रकम विहीबार हस्तान्तरण गरिएको छ । कल्पना उपचाररत पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेर सञ्जय र एलिसा पुनका बुबा भबहादुर पुन र नरबहादुर पुनकी आमा पानकुमारी पुनले संयुक्त रुपमा सो रकम हस्तान्तरण गरे ।

त्यस्तै पोखरा लेकसाइडकी सन्ध्या गुरुङलेपनि आफूले संकलन गरेको १ लाख ३७ हजारपनि विहीबारै हस्तान्तरण गरिन् । लाउँलाउँ र खाउँखाउँ भन्ने उमेरमा दुबै मिर्गौला बिग्रेर छोरी थलिएपछि कल्पनाका बुबाले उपचारमा सहयोग गरिदिन याचना गरेका छन् । मजदुरी गर्दै आएका उनले छोरीको उपचारको लागि १३ लाख खर्च भइसकेको बताए । उनका अनुसार कल्पनाको उपचारको लागि ३० लाख लाग्ने चिकित्सकले बताएका छन् ।

कल्पनाको उपचारका लागि सहयोग गर्न चाहनेले मुक्तिनाथ वैंकमा बिरबहादुर पुनको नाममा रहेको खाता नम्बर ००५२१६०३६५१९०००००० मा वा ९८२५१४२१२० मा सम्पर्क गरेर आर्थिक सहयोग गर्न सकिने जनाइएको छ । मिर्गौला पीडित बालिका कल्पना पुनलाई अष्टे«लियाबाट प्राप्त सहयोग हस्तान्तरण गर्दै सञ्जय र एलिसा पुनका बुबा भबहादुर पुन र नरबहादुर पुनकी आमा पानकुमारी पुन ।

You might also like

Comments are closed.