मिलीजुली सहकारीको १२ औं स्थापना दिवस सम्पन्न

पोखरा २, चैत

पोखरा ४ मा रहेको मिलीजुली बचत तथा ऋण सहकारी  संस्थाको १२ औं स्थापना दिवस शुक्रवार सम्पन्न भएको छ ।

सहकारीका निवर्तमान अध्यक्ष मीनराज काफ्लेले पोखरा ४ पराजुली मार्गलाई डस्टविन हस्तान्तरण गरी उद्घाटन गरेका हुन् । सो अवसरमा एसएमएस सिस्टमको पनि उद्घाटन गरिएको थियो ।

कार्यक्रममा छोरेपाटनको सिमलटुँडामा रहेका सडक वालवालिकाको लुम्विीनी इन्सुरेन्स कम्पनीले निशुल्क दुर्घटना वीमा समेत गराएको थियो । सो अवसरमा सडक वालवालिकालाई पोशाक र शैक्षिक सामग्री समेत हस्तान्तरण गरिएको थियो ।

संस्थाका अध्यक्ष विष्णुप्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा पराजुली मार्गका अध्यक्ष लेखनाथ पराजुली, लुम्विनी इन्सुरेन्सका प्रकाश पौडेल, उपाध्यक्ष ज्ञानहरि आचार्य, मंगल नेपाली, टीकाराम सुवेदीले वोलेका थिए । सचिव युक्तवहादुर सुवेदीले कार्यक्रम संञ्चालन गरेका थिए ।

You might also like

Comments are closed.