मिसेस कल्चरको औपचारिक शुभारम्भ, सुरु भयो ४५ दिने बन्द प्रशिक्षण

आर्थिक आवाज
पोखरा, १४ माघ । तेस्रो संस्करणको वाइवाई मिसेस कल्चर नेपालको गत शनिबारबाट एक कार्यक्रमका बिच औपचरिक शुभारम्भ गरिएको छ । चिप्लेढुङ्गा स्थित क्याफे डि गार्डेनमा भएको शुभारम्भ कार्यक्रम पश्चात अडिसन लिने कार्य शुरु भएको आयोजक पुष्पाञ्जली फेसन एण्ड इभेन्टले जनाएको छ ।

शुभारम्भ कार्यक्रममा म्युजिक डिरेक्टर न्यू बज्राचार्य, पोखरा उद्योग वाणिज्य संघका कोषाध्यक्ष सुरेन्द्रमान विजुक्छे, साहित्यकार कवि विपुल प्रतीक, युवा व्यवसायी अन्जन श्रेष्ठ लगायतको उपस्थिति रहेको कार्यक्रम संयोजक दीनेश शर्माले जानकारी दिए । छनोट भएकालाई ४५ दिने बन्द प्रशिक्षण दिइने आयोजक संस्थाकी अध्यक्ष शोभा गौतमले जानकारी दिइन् ।

प्रतियोगितामा सहभागी हुने प्रतिस्प्रर्धीहरूका लागि मोटिभेसन क्लास, कम्युनिकेसन क्लास, डान्स क्लास, सेल्फ मार्केटिङ क्लास आर जे÷ भि जे क्लास लगाएतका तालिमहरू दिइने आयोजकले बताएको छ । प्रतियोगितामा विभिन्न क्षेत्रमा आवद्ध विज्ञहरूले सहभागीहरूलाई प्रशिक्षण दिनेछन् । प्रतियोगितामा प्रथम हुनेले स्कुटर र चाँदिको क्राउन प्राप्त गर्नेछन् । इभेन्टको निम्ती मुख्य प्रायोजकमा वाइवाइ चाउचाउ र सह–प्रायोजकमा हरपल चामलले सहकार्य गर्ने भएको र अन्य प्रायोजकहरूसँग केही दिनमा सम्झौता हुने संस्थाका निर्देशक नवराज पौडेलले बताए ।

You might also like

Comments are closed.