मिसेस कल्चरको मुख्य प्रायोजक बन्यो वाई–वाई

आर्थिक आवाज
पोखरा, ११ माघ । मिसेस कल्चर नेपालको तेस्रो संस्करणलाई चौधरी ग्रुप अन्तर्गतको वाई–वाई चाउचाउले मुख्य प्रायोजन गरेको छ । पुष्पाञ्जली फेसन एण्ड इभेन्टले आयोजना गर्ने कार्यक्रमलाई सिजी फुड्स नेपाल प्रालिले मुख्य प्रायोजन गर्ने गरी गत बिहीबार सम्झौता भएको हो ।

सम्झौतापत्रमा सिजी फुड्सको तर्फबाट सिनियर मार्केटिङ म्यानेजर सुरेन्द्र खनाल र पुष्पाञ्जलीकी अध्यक्ष शोभा गौतमले हस्ताक्षर गरे । सम्झौतापत्रमा हस्ताक्षर गर्दै खनालले संस्कृति संरक्षण गर्ने अभियानको साथै विवाहित महिलाहरूको व्यक्तित्व र नेतृत्व विकास गर्ने कार्यमा आफूहरू पनि सहभागी बनेको र आगामी दिनहरूमा पनि साथमै रहेर अगाडि बढ्न सकिने बताए ।
‘बनौं आदर्श नागरिक’ भन्ने अभिप्राय बोकेको वाई–वाई जस्तो नेपाली अन्तर्राष्ट्रिय ब्राण्डसँग निरन्तर सहकार्य गर्न पाउनुले आफूहरू उत्साहित बनेको संस्थाकी अध्यक्ष गौतमले बताइन् । प्रतियोगिताको अडिसन लिने कार्य सुरु भइसकेको र केही दिनमा ट्रेनिङ संचालन हुने उनले जानकारी दिइन् ।

You might also like

Comments are closed.