मिसेस कल्चरको सह प्रायोजनमा हरपल

पोखरा १२, माघ ।
संस्कृती संरक्षण गर्ने उद्देश्यले आयोजना गर्न लागिएको मिसेस कल्चर नेपालको तेस्रो संस्करणलाई हरपल फुड्स प्रालि अन्तर्गतको हरपल चामलले सह प्रायोजन गर्ने भएको छ ।
‘हाम्रो संस्कृति, हाम्रो पहिचान, लोपउन्मु संस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ स्थापित पुष्पाञ्जली फेसन एण्ड इभेन्टले आयोजना गर्ने उक्त कार्यक्रमलाई हरपल फुड्स प्रालिले सह–प्रायोजन गर्ने गरी गत शुक्रबार सम्झौता भएको हो ।
सम्झौतापत्रमा हरपल फुड्सको तर्फबाट कम्पनीका अध्यक्ष जनकबहादुर धामी र पुष्पाञ्जलीकी अध्यक्ष शोभा गौतमले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापत्रमा हस्ताक्षर गर्दै धामीले नारीहरू भित्र लुकेर रहेको अन्तरनिहित प्रतिभा प्रस्फुटनको साथै संस्कृति संरक्षण गर्ने अभियानमा आफुहरू पनि सहकार्य गर्न चाहेको र आगामी दिनहरूमा पनि महिलाहरूको क्षेत्रमा गरिने हरेक कार्यमा साथमै रहेर अगाडि बढ्न सकिने बताए ।

त्यस्तै, सबै नेपाली दिदी बहिनीहरूको बर्षैं देखि मन जित्न सफल हरपल ब्राण्डसँग सहकार्य गर्न पाउनुले आफुहरू उत्साहित बनेको र हरपलले पुष्पाञ्जलीप्रति गरेको विश्वासलाई निरन्तर कायम राख्न संस्था सदै लागि रहने संस्थाकी अध्यक्ष शोभा गौतमले बताईन् । प्रतियोगिताको अडिसन लिने कार्य सुरु भइसकेको र केही दिनमा ट्रेनिङ्ग संचालन हुने आयोजकले जनाएको छ ।

You might also like

Comments are closed.