मिसेस कल्चर नेपालको ग्राण्ड फिनाली शनिबार

 

आर्थिक आवाज
पोखरा ८, चैत

मिसेस कल्चर नेपालको ग्राण्ड फिनालीे चैत ९ गते शनिबार हुने भएको छ । पुष्पाञ्जली फेसन एण्ड इभेन्ट प्रालिद्वारा आयोजित मिसेस कल्चर नेपाल २०१९ को ग्राण्ड फिनाली शनिबार हुने भएको हो । प्रतियोगिता पोखरा सभागृहमा हुने आयोजक पुष्पाञ्जली फेसन एण्ड इभेन्ट प्रालिले जनाएको छ ।

‘हाम्रो संस्कृति हाम्रो पहिचान, लोपोन्मुख संस्कृती जोगाउने हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ हुने कार्यक्रमको ग्राण्ड फिनालीमा १५ जना गृहिणी महिलाहरुले प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगिताका लागि आवेदन दिएका ३५ जना मध्ये विभिन्न चरणमा गरी अन्तिम प्रतिष्पर्धाका लागि १५ जना छानिएको मिसेस कल्चर नेपाल २०१९ का संयोजक दिनेश शर्माले जानकारी दिए । प्रतियोगिताको अन्तिम प्रतिष्पर्धामा शान्ता थापा, बिमलासिंह थापा, लक्ष्मी गुरुङ, दक्षिणा गिरी, कल्पना गुरुङ, निर्मला शाही, रुवी गुरुङ, कल्पना खत्री, विष्णु तामाङ, सोनु क्षेत्री गुरुङ, कविता शेर्पा, दुर्गा पौडेल, सलिना श्रेष्ठ, विना मल्ल र धना शर्मा रहेका छन् । प्रतियोगिहरुलाई कोरियोग्राफर मनिष थापा र कञ्चन थापा मगरले नियमित रुपमा ट्रेनिङ दिइरहेका छन् ।

प्रतिष्पर्धीलाई ४५ दिन बोल्ने कला, व्यक्तित्व, नेतृत्व विकास, संस्कृतिको महत्व र त्यसको संरक्षणसहित फिल्ड भिजिट गराइएको थियो । फिल्ड भिजिटका लागि पोखरा माउण्टेन म्यूजियम लगिएको शर्माले बताए । त्यस्तै, प्रतियोगिहरुको फोटोसुटपनि गराइएको संयोजक शर्माले बताए ।

प्रतियोगिताको विभिन्न विधाको विधागत प्रतिष्पर्धा भने यसअघी नै भइसकेको जनाइएको छ । प्रतियोगिताको ट्यालेन्ट राउण्ड पनि भइसकेको छ ।

वाई–वाई चाउचाउको मूख्य प्रायोजनमा हुने प्रतियोगिताको बिजेताले उपाधिसहित क्राउन र एक थान स्कुटर प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताको फष्र्ट रनरअप, सेकेण्ड रनरअप र थर्ड रनरअपले ईलेक्ट्रोनिक्स सामानहरु प्राप्त गर्ने पुष्पाञ्जली फेसन एण्ड इभेन्ट प्रालिकी अध्यक्ष शोभा गौतमले बताइन् ।

प्रतियोगिताको प्रेजेन्टेड बाईमा प्रभु बैंक, पावर्ड बाईमा हरपल चामल, लिक्वायर पार्टनरमा सिग्नेचर रहेका छन् । यसैगरी प्रतियोगिताको सह प्रायोजकमा कुन्दन तेल र नेपाल आइस नेचुरा बियर रहेको आयोजकले जनाएको छ ।

You might also like

Comments are closed.