मिसेस कल्चर नेपालको ट्यालेन्ट राउण्ड सम्पन्न

 

पोखरा ४, चैत ।
‘हाम्रो संस्कृति, हाम्रो पहिचान, लोपउन्मुख संस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ स्थापित पुष्पाञ्जली फेसन एण्ड इभेन्टले आयोजना गर्ने तेस्रो वाई–वाई मिसेस कल्चर नेपालको ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सौन्दर्यकर्मी नेपालकी अध्यक्ष सुमन गुरुङ, समाजसेवी विश्वमोहन गौचन, महिला उद्यमी विष्णु गुरुङ एकता, सिजी ब्रुअरीका रिजन म्यानेजर, सुबोध रिसाल, सिजी फुड्सका म्यानेजर धनलाल न्यौपाने र दिलिप सिजापतीको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङले संस्कृति संरक्षणमा हामी दिदीबहिनीहरूनै निरन्तर लाग्नु पर्ने बताउँदै यस्ता कार्यक्रमहरू निरन्तर हुनु पर्ने बताईन् ।

कार्यक्रममा फाइनलमा प्रवेश गरेका १५ जना प्रतियोगीहरूले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रममा मुख्य प्रायोजकको रूपमा वाई–वाई चाउचाउ, पिजेन्टेड बाईमा प्रभु बैंक, पावर्ड बाईमा हरपल चामल, लिक्वयर पार्टनरमा सिग्नेचर त्यस्तै सह प्रायोजकको रूपमा कुन्दन तेल र नेपाल आइस नेचुरा बियर रहेको आयोजकले जनाएको छ ।
त्यस्तै, संस्कृती संरक्षकको निम्ती सबैको साथ आवश्यक रहेको र आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू निरन्तर गर्ने संस्थाकी अध्यक्ष शोभा गौतमले बताईन् ।

You might also like

Comments are closed.