मिसेस कल्चर बनिन् दक्षिणा गिरी

 

पोखरा १०, चैत ।

वाईवाई तेस्रो मिसेस कल्चर नेपाल २०७५ को उपाधी कास्की पुम्दीभुम्दीकी दक्षिणा गिरीले हात पारेकी छिन् । उनले मस्ट कन्फिडेन्ट, मस्ट पपुलर टाइटल समेत हात पार्न सफल भइन् । विजेता गिरीले स्कुटर सँगसँगै चाँदीको क्राउन समेत प्राप्त गरिन् ।

पुष्पाञ्जली फेशन एण्ड इभेन्ट प्रा.लि.द्वारा आयोजित कार्यक्रममा फस्ट रनर अप दुर्गा पौडेल, सेकेन्ड रनर अप विष्णु तामाङ, थर्ड रनर अप कल्पना गुरुङ, फोर्थ रनर अप धना शर्मा, भ्यूअर च्वाइस विमला सिंह थापा, अर्गनाइजर च्वाइस विना मल्ल र मस्ट ट्यालेन्ट सोनु क्षेत्री गुरुङले जित्न सफल भएका छन् ।

प्रतियोगितामा वेस्ट स्क्रिन ÷ मस्ट एक्टीभ विना मल्ल, वेस्ट क्याटवाक सोनु क्षेत्री गुरुङ, वेस्ट फिगर कविता शेर्पा, मस्ट इन्टेलिजेन्ट कल्पना खत्री, मस्ट फोटोजेनिक कल्पना गुरुङ, वेस्ट हेयर÷वेस्ट क्रियटीभ निर्मला शाही, वेस्ट स्माइल विष्णु तामाङ, वेस्ट डान्स धना शर्मा, मस्ट फ्रेन्डली÷मस्ट व्यूटीफुल शान्ता थापा, मस्ट युनिक दुर्गा पौडेल, मस्ट पङ्चुअल÷वेस्ट पर्फमेन्स सनिला श्रेष्ठ, वेस्ट पर्सनालिटी रुवी गुरुङ, मस्ट हेल्पफुल विमला सिंह थापा, मस्ट डिसिपिलन÷वेस्ट कल्चरल ड्रेस लक्ष्मी गुरुङ घोषित भए ।

‘हाम्रो संस्कृति हाम्रो पहिचान, लोपोन्मुख संस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने मुल नाराका साथ आयोजित प्रतियोगितामा १५ जाना प्रतियोगिहरू सहभागी थिए । गत माघमा सुरू भएको प्रतियोगितामा कुल ३० जना विवाहीत युवतीहरू सहभागी भएका थिए । उनीहरूले नेपालका लोपोन्मुख जातजातिका भेषभुषाहरू झल्काएका थिए ।

कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले गरेका थिए । संस्कृति संरक्षण हामीसबैको चासोको विषय रहेको र यस्ता कर्याक्रमहरू निरन्तर हुनुपर्ने जिसीले बताए । पुष्पाञ्जली फेसन एण्ड इभेन्टकी अध्यक्ष शोभा गौतमले यस्ता कार्यक्रमहरूलाई आगामी दिनहरूमा समेत निरन्तरता दिने बताइन् । सो अवसरमा पोखरा क्षेत्रमा क्रियाशील आमासहूहरूलाई पनि सम्मान गरिएको थियो । जसमध्य लाली गुँरास आमा समूह, धर्मस्थली आमा समूह, नमूना आमा समूह, महिला विकासका लागि आमा समूह, महिला क्लव, एकलधारा आमा समूह, ड्यामसाइड आमा समूह र धादिङ त्रिपुरा बाराही समुह रहेका छन् ।

कार्यक्रममा पोखरा महानगरपालिकाका अधिकृत अनन्त कोइराला, हरपल फुड्स प्रा.लि.का अध्यक्ष जनक धामी, सि.जी. फुड्सका सिनियर म्यानेजर सुरेन्द्र खनाल, मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष राम्जी अधिकारी, प्रभु बैंकका ब्रान्च म्यानेजर चेतनारायण गौतम, रेडियो बाराहीका रमेश पौडेल लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको निर्णायकमा लेखक तथा समालोचक रेशम गिरी, फिल्मी डिरेक्टर÷कोरियोग्राफर सावित्री खत्री, ह्याप्पी बोर्डिङ स्कुलका प्राचार्य कविराज बराल, महिला उद्यमी संगीता पौडेल, रेडियो म्याग्दीका स्टेशनर म्यानेजर भरत रखाल, मिडियाकर्मी कमल बराल, मिस कल्चर नेपाल २०१६ कि बिजेता पवित्रा लामिछाने, मोडल अनिल अधिकारी रहेका थिए ।

You might also like

Comments are closed.