मिस्डकल गर्दा खाताको सम्पूर्ण जानकारी

 

पोखरा, ३ साउन ।

एनआईसी एशिया बैंक लिमिटेडले साउन १ गतेदेखि मिस्डकल बैंकिङ सेवा संचालनमा ल्याएको छ । उक्त सेवा अन्तर्गत बैंकका ग्राहकले मिस्डकल गरेर आफ्नो खाताको बारेमा जानकारी पाउने छन् । ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले मिस्डकल सेवा सुरु गरेको क्षेत्रीय प्रवन्धक दीपेन्द्र शर्माले जानकारी दिए ।

मोबाइल नं. ९८०१२२७७३३ मा मिस्ड कल गरी आफ्नो खातामा रहेको मौज्दातको जानकारी एसएमएस मार्फत प्राप्त गर्न सकिने छ । ९८०१२२७७४४ मा मिस्ड कल गरी खाताको अन्तिम ३ वटा कारोबारको जानकारी एसएमएस मार्फत प्राप्त गर्न सकिने शर्माले आर्थिक आवाजलाई जानकारी दिए । ९८०१२२७७५५ मा मिस्ड कल गरी बैंकका सम्बन्धित कर्मचारीबाट कलब्याक मार्फत विभिन्न सुविधाको बारेमा जानकारी प्राप्त गर्न सकिने छ ।

You might also like

Comments are closed.