मिस कल्चरमा १९ जना छनौट

आर्थिक आवाज
पोखरा, ४ असोज । पुष्पाञ्जली फेसन एण्ड इभेन्ट प्रा।लि।द्वारा आयोजित पाँचौ मिस कल्चर नेपाल–२०१८ को फाइनल राउण्डमा १९ जना प्रतिस्पर्धीहरू प्रवेश गरेका छन् । एप्पल इन्टरनेशनल एजुकेशनको टाइटल स्पोन्सर र सिजी ब्रुअरीको मुख्य प्रायोजनामा हुन लागेको उक्त कार्यक्रमको फाइनल कार्यक्रम यही असोज १३ गते पोखरा सभागृह हलमा हुने कार्यक्रम संयोजक ज्ञानु तामाङले बताइन् ।

नरीभित्र लुकि बसेको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने, उनीहरूको व्यक्तित्व नेतृत्व विकास गर्नुका साथै लोपन्मुख संस्कृतिको जर्गेना गर्ने उद्देश्यले कार्यक्रम संचालन गरिएकोले अन्य कार्यक्रम भन्दा पृथक रहेको पुष्पाञ्जलीका अध्यक्ष शोभा गौतमले जानकारी दिइन् ।

कार्यक्रमको बिजेताले भिजी अटो मोवाईले प्रदान गर्ने सुजुकी स्कुटर प्राप्त गर्ने र उप बिजेताले सिजी ब्राण्डको टिभी प्राप्त गर्ने इभेन्टका अध्यक्ष शोभा गौतमले जानकारी दिइन् ।

कार्यक्रमको बिशिष्ट प्रायोजकको रूपमा वाई–वाई चाउचाउ, सह–प्रायोजकको रूपमा म्याजीक चप्पल र हिमाल कलेज अफ म्यानेजमेण्ट त्यस्तै लिक्वयर पार्टनरको रूपमा सिग्नेचर रहेको पुष्पाञ्जलीका मार्केटिङ्ग म्यानेजर दिनेश शर्माले जानकारी दिए ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.