मिस कल्चरलाई सिजी ब्रुअरीको साथ

पोखरा ९, साउन ।

‘‘हाम्रो संस्कृति, हाम्रो पहिचान लोपोन्मुख संस्कृति जोगाउने हाम्रो अभियान’’ भन्ने मुल नाराका साथ स्थापित पुष्पाञ्जली फेसन एण्ड इभेन्ट प्रा.लि. द्वारा आयोजित पाँचौ मिस कल्चर नेपाल–२०१८ को मुख्य प्रायोजन सि.जी. ब्रुअरी (नेपाल आइस बियर) नेपालले गर्ने भएको छ ।

मंगलबार एक कार्यक्रमका बीच सि.जी. ब्रुअरी नेपालका रिजन सेल्स म्यानेजर मनोज घिमिरे र पुष्पाञ्जलीकी प्रमुख शोभा गौतमले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा बोल्दै सि.जी. ब्रुअरीका रिजनल म्यानेजर घिमिरेले पुष्पाञ्जलीले लिएको नारासँग आफुहरू सदैव सहमत रहेकोले त्यसैको निरन्तरता स्व्रूप यस कार्यक्रममा सहभागी भएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूमा चौधरी गु्रप संधै साथमा रहने बताए ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै पुष्पाञ्जलीकी अध्यक्ष गौतमले आफुहरूलाई सदैव सहयोगीको भूमिका निर्वाह गरेको चौधरी ग्रुपको विश्वासलाई टुट्न नदिने बताइन् । उनले युवा–युवतीहरूपनि बेलैमा आफ्नो मौलिक संस्कृति संरक्षणतर्फ सचेत हुनुपर्ने भन्दै किशोरीहरूलाई कार्यक्रममा भागलिई आफ्नो व्यक्तित्व विकास गर्ने अवसर नगुमाउन आव्हान गरिन् ।

उक्त कार्यक्रमको फाइनल असोज १३ गते शनिबारका दिन सभागृह हल पोखरामा गरिने कार्यक्रम संयोजक ज्ञानु तामाङले बताइन् ।

 

You might also like
Ram Tulasi Palpa

Comments are closed.