मिस कल्चर नेपालको ट्यालेन्ट राउण्ड सम्पन्न

 

पोखरा , ९ असोज ।

‘‘हाम्रो संस्कृति, हाम्रो पहिचान लोपन्मुख संस्कृति जोगाउने हाम्रो अभियान’’ भन्ने मुल नाराका साथ स्थापित पुष्पाञ्जली फेसन एण्ड इभेन्ट प्रा.लि. द्वारा आयोजित पाँचौ मिस कल्चर नेपाल–२०१८ को ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ ।

कार्यक्रममा उत्कृष्ट १९ जना प्रतिस्पर्धीहरूले आ–आफ्नो प्रतिभा प्रस्फुटन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष रामराज लामिछानेले यस्ता कार्यक्रमले समाजको गरिमा बढाउनुको साथै पर्यटकीय नगरी पोखरालाई छुट्टै पहिचान दिने बताउँदै महानगरले पनि यस्ता कार्यक्रमलाई सधैं साथ दिने प्रतिवद्धता प्रकट गरे ।

एप्पल इन्टरनेशनल एजुकेशनको टाइटल स्पोन्सर र सिजी ब्रुअरीको मुख्य प्रायोजनामा हुन लागेको उक्त कार्यक्रमको फाइनल कार्यक्रम यही असोज १३ गते पोखरा सभागृह हलमा हुने कार्यक्रम संयोजक ज्ञानु तामाङ्गले बताइन् ।

कार्यक्रममा सिजी ब्रुअरी नेपालका रिजनल सेल्स म्यानेजर सुबोध रिसाल, सिजी फुड्स नेपालका रिजनल सेल्स म्यानेजर गोविन्द शर्मा, एप्पल इन्टरनेशलन एजुकेशनका प्रमुख रुद्र गिरी लगायतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

नारिभित्र लुकेर बसेको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने, उनीहरूको व्यक्तित्व नेतृत्व विकास गर्नुका साथै लोपन्मुख संस्कृतिको जर्गेना गर्ने उद्देश्यले कार्यक्रम संचालन गरिएकोले अन्य कार्यक्रम भन्दा पृथक रहेको पुष्पाञ्जलीका अध्यक्ष शोभा गौतमले जानकारी दिइन् ।

कार्यक्रमको बिजेताले भिजी अटो मोवाईले प्रदान गर्ने सुजुकी स्कुटर प्राप्त गर्ने र उप बिजेताले सिजी ब्राण्डको टिभी प्राप्त गर्ने आयोजक टिमले जानकारी दिएको छ ।

कार्यक्रमको निर्णयकमा चलचित्रकर्मी तथा नृत्य निर्देशक राहुल थापामगर, नृत्य निर्देशक श्याम सिंह, मोडल गिता जिसी रहेका थिए ।

कार्यक्रमको संचालन पुष्पाञ्जलीका मार्केटिङ म्यानेजर दिनेश शर्माले गरेका थिए भने । संयोजक ज्ञानु तामाङले सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।

You might also like

Comments are closed.